Pages

Friday, August 23, 2013

गजल १४९ बल्दो छ पवित्र अग्नि पलपल्, हाम्रो प्रेमको; गर्दै छ पापी दुनिया छलफल्, हाम्रो प्रेमको । (१) सकेनौ बनाउन ताजमहल, हाम्रो नाममा; तर छैन अस्तित्व ढलपल् , हाम्रो प्रेमको । (२) न आयो बाढी न सुक्यो, खडेरीमा कहिल्यै ; निरन्तर छ मृदु कलकल् , हाम्रो प्रेमको । (३) बदलिन्छ मौसम समयसंगै, प्रकृतिमा पनि ; तर स्वभाव छ सधै अटल , हाम्रो प्रेमको । (४) चर्चा छ बेअर्थ समाजको, जिब्रोमा हजुर ! पवित्र सम्बन्ध छ अचल, हाम्रो प्रेमको । (५) प्रयत्न बाधा-ब्यवधानको, हुने छ बिफल्; नाता छ युगौ-युगको निश्चल्, हाम्रो प्रेमको । रचना: यज्ञ प्रसाद गिरी रामपुर, चितवन फागुन २५ गते, २०६९ साल

No comments:

Post a Comment