Pages

Saturday, January 7, 2017

गजल ह्रदयका पिरहरु , आंखाबाट झारी दिएं ; सोध्नेलाई भन्ने गर्छु, तिम्रो माया मारी दिए। (१) अतितको बाचाहरु , खोटा सिक्का बनेपछी ; तिम्रो मेरो नातालाई , तामेलीमा सारी दिएं। (२) कयौ पटक मेट्ने गर्छु,, हिसाब गर्दा अंकहरु , हिजोलाई मेट्ने काम, तिम्रैतिर पारी दिएं । (३) कहिले कांही भेट हुदा, अतितका साथीहरु; तिम्रो मेरो चर्चा गर्दा , बहानाले टारी दिएं । (४) कही –कतै ह्रदयमा , तुष बांकी रहे जस्तो ; भावनाको बिझाईमा, आफैलाई हारी दिएं । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पौष २३ गते, २०७३ साल

Monday, January 2, 2017

गजल कोही खायर दुखी , कोही भोकायर दुखी ; कोही मोटायर दुखी,कोही दुब्लायर दुखी . (१) अरुको अस्तीत्व निषेध गर्ने खेलमा कोही ; बिना कारण आपसमा बिझायर दुखी . (२) निश्चित छ हुन्छ नै समयसंगै परिवर्तन ; कोही उदायर दुखी, कोही अस्तायर दुखी. (३) कहाँ हुन्छ र मेरो गोरुको बाह्रै टक्का ? कोही सोचे जस्तो यथार्त नपायर दुखी. (४) चिन्ता र विस्मृति भोग्ने सिलसिलामा, कोही जागेर दुखी, कोही निदायर दुखी. यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस १८, २०७३ साल