Pages

Friday, August 23, 2013

गजल ३५ ओठ टोकी हाँस्नेलाई, सम्झीरा’छ भन्दिनु; झुठो माया गाँस्नेलाई, बधाइ द्या’छ भन्दिनु। (१) खुईलिई पनि सके होलान, उहिलेका कुराहरु ; सम्झनाको घडीलाई दम द्या’छ भन्दिनु । (२) आजभोली के कस्तो छ, म त धेरै टाढा भएँ; बिगत् दिन्का धेरै कुरा, साँची रा’छ भन्दिनु । (३) बितेका छन धेरै बर्ष, महिना र दिनहरु; सम्झनाको फोटोकपी, मन्मा ल्या’छ भन्दिनु । (४) ल्या’को छैन अरु केही ,कोशेलीका पोकाहरु ; मात्र पोका सम्झनाको, तिम्लाई द्या’छ भन्दिनु । (५) निकै अघी निष्ठुरीले, बिर्सी सक्या भए पनी ; हिजो जस्तै आज पनि सम्झी रा’छ भन्दिनु । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment