Pages

Sunday, August 28, 2016

गजल एउटै पारा नेताजीको आ-आफ्नै बखान गरे ; एक कदम अघी बढ्दै , कसैले ऊखान गरे । (१) दैशलाई पेवा ठान्ने, यी मत्का ब्यापारीहरु ; देशको लिलामी त, यिनले जानाजान गरे । (२) पुरै देश निचोरेर सुन्तला र कागतीझै; यिनै देशद्रोहीले, सधै रसपान गरे । (३) घुसखोरीको सन्जाललाई राजनितिको नाम दिए ; कामहरु जति गरे सबै , बेईमान गरे । (४) बोल्न लाज मान्नु पर्ने, लाजै छैन बोल्नलाई, बिबादमा आउनु त यिनकालागी शान अरे । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती , ललितपुर भाद्र ११ गते, २०७३ साल