Pages

Saturday, August 31, 2019

जब तिमी मुस्करायौ , प्रफुल्ल भो मन मेरो ;
मेरो आकाशमा उदायौ, धन्य भो जिवन मेरो ।

(1)
चिन्दै गए गहिरो , अझ गहिरो तिमिलाइ ;
डुब्दै गयो तिमीमा वजुद, झन झन मेरो ।
(2)
तिम्रो हेराइ मा कसक र जादु छ बोलीमा ;
उन्मादले बेसुर छ मनको उपवन मेरो ।
(3)
यसरी बिलाएछु म तिमीमा , खै के भनौ ;
तिमिलाइ मात्र देखाउछ, मनको दर्पन मेरो ।
(4)
यसरी रङीएछु म तिम्रो रङमा , के भनौ ;
लाग्छ, फेरी फर्कियो , जवानि र बचपन मेरो ।

रचना: यज्ञ प्रसाद गिरी
भदौ 8 गते, 2076 साल
आनन्द्बस्ती , ललितपुर


अतीत मेरो लाग्दो हो, कहानी जस्तो ;
आसु पनि त लाग्दो हो , पानी जस्तो ।
(1)
सङ्धर्स र बिछोडमै बितेको छ ,जिवन ;
कहा भयो र जवानी पनि जवानी जस्तो ।
(2)
म त्यहीं छु अझै , जहा तिमीले छोडेर गयौ ;
सहयात्रा पनि त भैदियो , हैरानि जस्तो ।
(3)
आयु बढ्दै छ अनि घट्दै छ अवधि जिवनको ;
आखिर जिन्दगी पनि रहेछ खरानि जस्तो ।
(4)
हम्मे हम्मे हुन्छ अस्तित्त्व रक्षा गर्न जिवनको ;
जब चल्छ समयको कुचक्र , मदानी जस्तो ।

रचना : यज्ञ प्रसाद गिरी
भदौ 8 गते , 2076 साल
आनन्द बस्ती , ललितपुर



के भनेर बोलाउनु , कान्छु तिमिलाइ ?
प्रियसी र देवी जस्तो , मान्छु तिमिलाई ।
(1
तिम्रो ठाउ अति उच्च , मेरो दुनियामा ;
मेरो मनको हरियाली , ठान्छु तिमी लाई ।
(2)
टाढा राख्न तिमिलाई , यो दुनिया देखी ;
मेरो आफ्नै दुनियामा , तान्छु तिमिलाई ।
(3)
हिजोसम्म खाली थियो , मेरो मनको ठाउ ;
ह्र्दयमा ठाउ दिन , लान्छु तिमिलाइ ।
(4)
चाहनाको आकर्षणले, पिरोलियो मुटु ;
पिरतिको झटारोले, हान्छु तिमिलाइ ।

भाद्र 14 , 2076 साल
आनन्दबस्ती , ललितपुर





Saturday, August 24, 2019

मानेर दिलकी देवी तिम्रो , पुजा म गर्छु , सुनन ;
फिदा म तिम्रो प्रेममा , म त तिमीमै मर्छु , सुनन ।
(1)
तिमी भेटियौ सौभाग्यले ,जिवनको यस मोडमा ;
अब तिमीसँगसँगै म अगाडी बड्छु, सुनन ।
(2)
तिमिलाई पाए निष्कपट , यस मतलबी दुनियामा ;
तिमिसँगै मायाको शिखर , म,नि चड्छु , सुनन ।
(3)
मेरो प्रेमको गहिराई यदि , बुझिनौ भने तिमीले ;
फुलको कोपिला झै ओइलाएर झर्छु , सुनन ।
(4)
तिमी मेरो दिलको सारै नजिक, यसरी बन्यौ ;
दिन रात , हरेक पल , म तिमितिरै, सर्छु सुनन ।

रचना: यज्ञ प्रसाद गिरी
भदौ 8 गते , 2076 साल
आनन्दबस्ती , ललितपुर









Friday, August 23, 2019

घोलेर पिउने गरेकोे छु तनाव , रक्सीमा ;
चमत्कारपुर्ण शक्ति छ जनाव , रक्सीमा ।
(1)
पोखरीको पानी झै जब बन्छ जिन्दगानी ;
मनले खोजी गर्छ तिव्र वहाव, रक्सीमा ।
(2)
जति नै बदनाम गर , रक्सी आखिर रक्सी हो ;
चुम्बक झै हून्छ अनौठो , खिचाव रक्सीमा ।
(3)
सारा बन्धन तोडेर , जिवन स्वतन्त्र बनाउछ ;
बिलाएर जाने छ सब बदलाव, रक्सीमा ।
(4)
जिवन जब त्रस्त , पस्त र ग्रस्त बन्द्छ ;
पिउनुस मिलाएर अंग्रेजी शराब , रक्सीमा ।

रचना : यज्ञ प्रसाद गिरी
वीरेन्द्र नगर - 1, सुर्खेत
श्रावण 15 गते , 2076 साल



स्वस्थ्य तन , पवित्र सोच , खुलस्त मन,तिम्रो ;
स्नेह र भावयुक्त सुन्दर नयन , तिम्रो ।
(1)
उच - निच , छलछामदेखी कोशौ- कोश टाढा ;
त्यसमा पनि ह्रदय, झन कञ्चन , तिम्रो ।
(2)
हिमाली झरनाझै , पवित्र जिवन शैली ;
हास परिहासले झलमल्ल , बदन् तिम्रो ।
(3)
के उपमा दिउ घर्तीको , सुन्दर फूललाई ;
केश रासीसङ खेल्ने , मन्द पवन तिम्रो ।
(4)
आँखाबाट सुस्त पसि , मुटु कब्जा गर्ने ।
मानवताले ओतप्रोत बजुद महान , तिम्रो ।

रचना : यज्ञ प्रसाद गिरी
श्रावन 17 , 2076 साल
आनन्दद्बस्ति , ललितपुर





कोही हुनेछ यति छिटो दिलको नजिक , के जानु ;
साथि हुनेछ , प्यारो, पवित्र र निर्भिक , के जानु ।
(1)
सफर निन्दगीको निरस थियो हमसफर बिना ;
निमेशमै यो जिन्दगी हुनेछ रसिक , के जानु ।
(2)
खल्लो लाग्न थाल्यो हरेक पल अब उ बिना;
यस्तो हून्छ किन , प्रभाव कसको छ अधिक , के जानु ।
(3)
लाग्छ जिन्दगानी हरियाली भएको छ चारैतिर ;
शुरुवात हो खुसीको या खुसीको पिक , के जानु ।
(4)
कोल्टो फेर्दै छ जिन्दगी , नशामा छन हमसफर ;
गन्तव्य के ? कुन ठीक कुन बेठिक ? के जानु ।

रचना : यज्ञ प्रसाद गिरी
भदौ 6 गते , 2076 साल
आनन्दबस्ती , ललितपुर