Pages

Thursday, August 22, 2013

गजल ७४ कुरा हाम्रो भएकै छ , फेसबुकमै भए पनि ; बोली तिम्रो सुनेकै छु , जति टाढा गए पनि । (१) दोषी छैन दैव पनि ,किन ब्यर्थै सराप्नु र ? भेट हाम्रो भएकै छ , कहिले काँही भए पनि । (२) धैर्यता त चाहिन्छ नै , सोचे जस्तो कहाँ हुन्छ ? जसो-तसो बाँच्नै पर्छ, सधै सम्झी रहे पनि । (३) भाग्यमानी हुने गर्छन, केही मान्छे, मात्र यहाँ; संसारमा दुखी धेरै , जहाँ सुकै रहे पनि । (४) राख्नु ज्यादै जरुरी छ , सोच आफ्नो फराकिलो ; मनले नजिक भयी बाँचौ, टाढा-टाढा भए पनि । (५) योजना त भविष्यको , बनाउनु अवश्य नै ; समय यो अनुकुल या, प्रतिकुल नै भए पनि । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment