Pages

Saturday, August 10, 2013

गजल-५० मेटिए बाच्नुको अर्थ, बेदना बन्दछ गजल ; सल्किए मुटुमा आगो, तिर्सना बन्दछ गजल । (१) कोही त भाग्यमानी छन, जिउनु छ रमाईलो ; प्रेमको कोखमा जन्मी, नदी झै बग्दछ गजल । (२) धेरै होलान म जस्ता नि, बिरहमा रमाउने ; दुख हल्का गराउने, आंसु हो मनको गजल । (३) ह्रदयमा लुकी बस्ने , मेरो सुख र दुखमा; एकान्तमा मुटु चिर्दै, कोरिने शब्द हो गजल । (४) कस्को को सहारा बन्छ ? भविष्यमा को जान्दछ ? सधैं साथ दिन सक्ने, गतिलो मीत हो गजल । (५) निकालेर निको पार्ने, कांडा दुख र दर्दका ; हितकारी, गुणकारी, ओखति गीत हो गजल । (६) रुदां आंसु बनी झर्ने , हास्दा उमंग भै दिने ; मैले बाच्ने गिन्दगीको, सांचो अर्थ हो गजल । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment