Pages

Wednesday, August 21, 2013

गजल १३५ तिम्रो माया सुन भए, चाँदी होला मेरो पनि; सिन्धु भए तिम्रो माया, सानो खोला मेरो पनि। (१) सत्य-सत्य सुर्यलाई, देखाउँदिन बत्ति म त ; भकारीझै तिम्रो माया, सानो झोला मेरो पनि । (२) मन मेरो ढुग्ङा जस्तो, कसैलाई लागे पनि; बिछोडिदा तिमीबाट, मन रोला मेरो पनि । (३) हुन सक्छ तिम्रो माया, सागर जस्तो फराकिलो; परख गर्छु पिरतीको, मानव चोला मेरो पनि । (४) सम्झिएर रुनु पर्ला , जिन्दगीको ओरालोमा; तिमीलाई पर्ला खाँचो, कुनै बेला मेरो पनि। (५) कहाँ मिल्छ सबैलाई, माया मिठो चाहे जति; कुनै बेला पर्न सक्छ, भाग्मा हेंला मेरो पनि । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment