Pages

Friday, August 9, 2013

गजल: १५३ हेरौं क- कस्ले के गर्छ, चुनावी मैदानमा; अब को उत्तानो पर्छ, चुनावी मैदानमा। (१) मौका यही हो, कमिसन चाट्नेहरुलाई; धुलो चटाउनु पर्छ, चुनावी मैदानमा । (२) हेरौ न निकृष्टहरुको बथानमा अझै पनि; को कतिसम्म तल झर्छ, चुनावी मैदानमा। (३) सुनामीझै नायकको खोजी गर्दै छ जनता ; को कति पछाडी सर्छ, चुनावी मैदानमा। (४) तालिमे बाँदर हुन यी सबै, बिदेशी चटकेका; कस्के कस्तो भुमिका गर्छ, चुनावी मैदानमा। (५) को उदाउँछ ज्वाला बनी, नेपाली आकाशमा; को आफ्नै कर्मले मर्छ, चुनावी मैदानमा। रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर जेठ २०, २०७० साल

No comments:

Post a Comment