Pages

Thursday, December 3, 2020

 देखेर,नि नदेखेझै , तर्की हिडनेलाई,

चोरबाटो समाउदै, सर्की हिँड्ने लाई
गर्न पनि के गर्नु खै , गुनासो भो ब्यर्थ ,
आधा बाटो हिँडे पछी , फर्की हिँड्नेलाई ।

 बिगतलाई सम्झायो यार ! तिम्रो तस्बिरले ,

थप्थपायो सोचे अनुसार , तिम्रो तस्बीरले ;
कति जङार तरेर जीन्दगीको , यस मोड्मा छु ,
भनी रहेझै लाग्छ , बारम्बार तिम्रो तस्बिरले ।


 तिम्रो मनको कुरा, मेरो मनलाई के थाहा ? 

धरतीमा के के छ , गगनलाई के थाहा ?
(1)
एकै नजरमा मन पर्यौ , माया,नि बस्यो ;
मनभित्र पनि रहेछ , अन्तरमन के थाहा ।
(2)
कसको जीवन ,कुन - कुन मानकमा चल्दै छ ?
को कसको हो स्वजन , परिजन के थाहा ?
(3)
कुन विन्दुमा निकट, कुनमा टाढा छौ हामी ;
कसरी पर्न पुगेछ परिस्थिति तल, गर्धन के थाहा ?
(4)
अचानक बदलिएको ब्यवहार हेरेर छक्क छु ;
बुझ्न खोज्दा बुझनै गारो भो , झन के थाहा ?

यज्ञ प्रसाद गिरी
बिरेन्द्रनगर -1, सुर्खेत
मन्सीर 18 गते, 20077