Wednesday, August 21, 2013
गजल १४०
तिम्ले दे’को किताबले , रुने मलाई बनायो ;
पिरतिमा हिसाबले , रुने मलाई बनायो ।
(१)
आफु जस्तो ठानें मैले,भनें जस्तो गर्दै गए;
तिम्रो बाग्ङो सुझावले, रुने मलाई बनायो ।
(२)
अमुल्य यो मुटु मेरो, ब्यर्थै सुम्पे तिमीलाई ;
तिम्रो मनको नकाबले, रुने मलाई बनायो ।
(३)
म त सधै खोजी गर्थैं, गहिरो र चोखो माया;
तिम्रोपनको तेजाबले , रुने मलाई बनायो।
(४)
किन हुन्थ्यो पिरतिमा, स्थिरता चाहे जस्तो?
अवसरवादी स्वभावले , रुने मलाई बनायो ।
(५)
दुनियामा क-कस्लाई विश्वास गर्न सकिन्छ र ?
विचारको बहावले , रुने मलाई बनायो ।
रचना: यज्ञ प्रसाद गिरी
हो चिन मिन्ह सिटी, भियतनाम
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment