Pages

Friday, August 23, 2013

गजल-२८ के के कुरा लुकेका छन, तिम्रो शिष्ट हेराईमा; केही कुरा अवश्य छ , तिम्रो अघि सराईमा । (१) तिम्रा दृष्टिहरुद्वारा, खोजिदै छ खास केही; यस्तै अनुभुति हुन्छ, तिम्रो आँखा तराईमा । (२) बोल्छन् हाऊ-भाउ तिम्रा, ओठ मौन भए पनि ; ओत-प्रोत अपनत्व , हरेक काम गराईमा । (३) सकिएन बुझ्न केही , मन भित्रका कुराहरु; मिसिएझै केही खुसी, तिम्रो आँसु झराईमा। (४) लाग्छ द्वन्द चली रा’छ, तिम्रो मनभित्र पनि; यस्तै दृष्य देखिदै छ, अघि- पछी सराईमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment