Pages

Saturday, October 26, 2013

<गजल १६३ अब त दुनियामा कसैको’नि, आश लाग्दैन; साच्चै अब त दैवको’नि, बिश्वाश लाग्दैन। (१) सबै ब्यवहारहरु स्वार्थले प्रेरित, हुने भएपछी; अब त कसैको बिश्वासघात’नि, खास लाग्दैन । (२) झोसी सकेको छु मुटु मेरो, मायाको भट्टीमा ; जिन्दगीको कुनै क्षण’नि, मधुमास लाग्दैन । (३) चोरलाई चौतारी बनाउने हाम्रो, यो समाजमा ; हुने गर्छ कि कतै न्यायको’नि, बास लाग्दैन । (४) दिनचर्यामै बितृष्णाको लहर सामिल भएपछी; तथाकथित तिम्रो साथ’नि, अभिशाप लाग्दैन । (५) जिन्दगीभर तरबारको धारमा, हिडेको मान्छे ; कुटिलतालेपुर्ण तिम्रो चाल’नि, धराप लाग्दैन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन २८ गते, २०७० साल
गजल १६६ बाँचिदै छ जीवन, किस्ता-किस्तामा ; सकिदै छ यौवन, किस्ता-किस्तामा । (१) हिजो, आज, भोलीमा’नि फरक भो; मायाको’नि मिसन, किस्ता-किस्तामा। (२) घटेर जादै छ फेरिदा, मापदण्डहरु ; मायाको’नि वजन, किस्ता-किस्तामा । (३) हरायो आपसी सौहाद्रता समयसंगै ? युगौदेखिको चलन्, किस्ता-किस्तामा। (४) शंकटमा छ प्राण, स्वच्छ राजनितिको ; भोगी रहेछ मरण्, किस्ता-किस्तामा । (५) भष्ट्र भए, देशका अगुवा भनाउँदाहरु ; उघ्री रहेछ आवरण्, किस्ता-किस्तामा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भाद्र ५ गते, २०७० साल
<गजल १६५ मेलै जे-जे लेखेको छु, सही-सही लेखेको छु; मैले जे-जे देखेंको छु, त्यही-त्यही लेखेको छु । (१) निर्लज्जताको पनि त सिमाना हुनु पर्ने हजुर ; भनाई एकातिर, ब्यवहार अन्य केही देखेको छु । (२) जसले बनाए राष्ट्रियतालाई मात्र गाउने गीत ; उनीहरुकै देशको लिलामीमा सही देखेको छु । (३) तिम्रो राष्ट्रप्रेम दशगजामा, छरपष्ट भै सकेको छ; तिम्रो जिब्रोमा ताल्चा र हत्केलामा दही देखेको छु। (४) कुकृत्यनै आफ्नो पहिचान, बनायौ नेता तिमिले; तिमीलाई हरेक मुल्यांकनमा सतही देखेको छु । (५) थोत्रा नाराको बैसाखीमा, कति दिन टिकौला र ? तिम्रो भविष्य अन्धकार छ, मैले यही देखेको छु। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन २८ गते, २०७० साल
गजल १६७ सुन्दर यो ऋतु र उपवन, तिम्रो लागी; छ शितल जुन र गगन, तिम्रो लागी । (१) कल्पदै सुन्दर दिनहरु मिलनका ; प्रतिक्षारत छ यो मन, तिम्रोलागी । (२) मन भो अधैर्य भेटुझै कहिले कहाँ ; साँचेको छु उही गन्थन, तिम्रोलागी। (३) कति बसन्त फुले अनि फुलेर झरे ; पिडा मुटुमा गढ्यो गहन, तिम्रो लागी । (४) लाग्दैन रमाईलो कतै’नि, तिमी बिना ; मात्र तड्पी रहेछ जिवन, तिम्रो लागी । (५) हरायौ कुन कुनामा धरतिको तिमी ; जली रहेछ मुटु दन्दन, तिम्रोलागी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भाद्र ६ गते, २०७० साल
गजल १६८ चाहना किन हो यसरी , सजिलै विव्हल हुन्छ ; मात्र भ्रममा पर्दा’नि, ब्यर्थै कायल हुन्छ । (१) भन्नलाई त युगौ-युगको, अजम्मरी नाता; क्षण्-क्षण् मै शंका जन्मिन्छ र फायल हुन्छ । (२) हुदो रहेछ सारै नाजुक यो प्रेमको सम्बन्ध ; अनायासै कुरै-कुरामा पनि यो घायल हुन्छ। (३) दया र घृणाको बिचको अस्थिर सन्तुलन यो; फुटेको सिसा र कहिले फुटेको टायल हुन्छ । (४) कति सजिलै हुन्छ, सम्बन्ध बिच्छेदको घोषणा; काठमाण्डौ कहिले त क्षणभरमै ईजरायल हुन्छ । (५) चाहनाको भविष्य’नि सारै अनिश्चित भो हजुर ! मिटरको सामिप्य’नि क्षणभरमै माईल हुन्छ। रचना: यज्ञ प्रसाद गिरी थाईलेण्ड, एयरपोर्ट, बैंकक सेप्टेम्बर ३, २०१३
गजल १७० राष्ट्रलाई माया गर्ने मनहरु परदेश छन्; राष्ट्रघाति निकृष्ट दलालहरु देशमा छन । (१) नकाबधारीको बोलबाला बड्दै छ सबैतिर; बिखण्डनकारीहरु नै नाईकेको भेषमा छन। (२) एकताको प्रतिक बन्छन समाज फुटाउनेहरु; दलका नेता कसैको जागिर बिशेषमा छन। (३) आगो सल्काउनेहरु मेलमिलापका कुरा गर्छन; जनताहरु सधै बेदना,चिन्ता र क्लेशमा छन । (४) अब्यवस्था तथा अराजकता ब्याप्त छ देशमा; मन्त्रीहरु भ्रमणको मजा लिदै बिदेशमा छन्। (५) कानै पाकी सक्यो सुन्दा –सुन्दा थोत्रा नाराहरु; मतका ब्यापारी आउने चुनावको जोशमा छन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर आश्विन १४ गते, २०७० साल
गजल १६९ कमाण्डोले गरे स्वागत, पाकिस्तान प्रवेशमा ; लागी राख्ने भित्री मन्मा, के हुदै छ यो देशमा । (१) सुत्नु उठ्नु खानु चुठ्नु, मृत्यु-रक्षकहरु संगै; बुझ्नै गाह्रो कस्तो मान, पाईदै छ यो देशमा । (२) शान्ति सन्देशका स्वर, अल्लाह-अकबर् सबैतिर ; भयंकर बिस्फोटका ठुला, धमाका छन् यो देशमा । (३) रक्षा खातिर सधै तत्पर, मानवता र समाजको ; युवाका हातमा अस्त्र , बिध्यमान यो देशमा । (४) सिक्दै पाठ अघि बड्नु , बुझ्दै छिमेकका कुरा; मानिने छ बुध्दिमानी , काम गर्नु स्वदेशमा । रचना: यज्ञ प्रसाद गिरी ईस्लामाबाद, पाकिस्तान सेप्टेम्बर, १८, २०१३