Thursday, August 22, 2013
गजल७७
कुरै कुरामा सानु, छिप्पीदै गएछ रात पनि ;
तर कहाँ सकिए र खै ? प्रसंग बिनाका बात पनि ।
(१)
कति छन कति मुटु भरी, सम्झनाहरु अतितका;
कैयन सुन्दर क्षणहरु कति छन समयका घात पनि।
(२)
के नै मात्र भोगिएन, जिवनको लामो यात्रामा;
चिन्दै गएँ भोगाईमा, सक्कली दुनियाको जात पनि।
(३)
भेट्दै भेटिएन समानता भनाई र गराईमा ;
कति छन मन छुने कुरा कति वाहियात पनि ।
(४)
उच्चादिउच्च बनी रह्यौ, यि मेरा नजरमा तिमी;
भ्रमले कतै हल्लिएन आपसि मतभेदको पात पनि।
(५)
सधै उस्तै निष्ठा तिम्रो, पवित्रता र चाहनाको ;
घट्दै घटेन स्थिर रह्यो तिम्रो प्रेमको मात पनि ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment