Pages

Saturday, August 10, 2013

गजल -४३ के भनुँ म गुनासोको, भारी बिसाउनेलाई ‘ आफै निहुँ खोजी-खोजी, आफै रिसाउनेलाई । (१) तारिफ तिम्रो गरुँ भने बेसारेमा गन्छ्यौ ; मौन बसे जबर्जस्ती, बोल्न लगाउनेलाई। (२) साँचो कुरा गर्दा पनि, भने जस्तो हुन्न ? के भन्नु र औसी- पुर्ने, संगै मिसाउनेलाई । (३) आफनो घर्को कुरा गरूँ, नाक खुम्ची हाल्छ ; के भनुँ र कुरा कोट्याई ,दोष लगाउनेलाई । (४) पराईका कुरा गर्दा , शंका गर्ने नानाथरी ‘ के भनेर सम्झाउनु , पाए लंका ढलाउनेलाई । (५) सकिएन कसै गरी , उन्को चित्त बुझाउन ; धन्यबाद धेरै-धेरै, यस्तो चित्त बनाउनेलाई । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment