Pages

Wednesday, August 21, 2013

गजल १४८ छुट्याउने हामीलाई, सिमाना न बनाउनु ; मुल प्रवाहमै छोड्नु, किनारा न लगाउनु । (१) पवित्र यो प्रेम हाम्रो, कसरी भो खोटी आज; आफ्नै मनलाई सोध्नु, किनारा न लगाउनु । (२) जानेर वा नजानेर , त्रुटी कतै भए भने ; कारण् के हो भनी खोज्नु, किनारा न लगाउनु । (३) दुखेको छ भने तिम्रो, कतै फूल सरी मन ; प्रेमको आँचले सेक्नु , किनारा न लगाउनु । (४) सहयात्रा तिमीलाई , रुचीकर हुने भए; सहयात्री बनाउनु , किनारा न लगाउनु । (५) बाँच्नुलाई यथार्तमा , अर्थपुर्ण बनाउन ; ह्रदयको खुसी रोज्नु , किनारा न लगाउनु । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर फागुन १९, २०६९ साल

No comments:

Post a Comment