Saturday, August 10, 2013
गजल ८०
मलाई जस्तै तिम्लाई’नि, बाँच्नु खल्लो ला’को छ कि ?
तिम्रोतिर टोलाई राख्ने , नौलो रोग आ’को छ कि ?
(१)
मेला –उत्सव चाड-पर्व , लाग्न छोड्यो रमाईलो ;
तिम्रो पनी मेरो जस्तै,मन उडी रा’को छ कि ?
(२)
केही कुरा हराएझैं, मनको भित्री ढुकुटीको ;
नभेटिने आशंकाले मनै खिन्न भा’को छ कि ?
(३)
किन- किन कता-कता, खाली-खाली भए जस्तो;
बिचित्रको मुटुभित्र, रोग बढ्दै गा’को छ कि।
(४)
उराठ-उराठ बनी जिवन, मनको शान्ति हराउँदा ;
मलाई जस्तो अनुभुति , तिम्लाई पनि भा’को छ कि ?
(५)
जिन्दगीको गोरेटोमा, बढ्दै जाँने सिलसिलामा ;
कुनै बिन्दु समातेर, बसौं जस्तो ला’को छ की ?
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment