Friday, August 23, 2013
गजल १०५
मेरो आफ्नै जस्तो लाग्यो, भेटेदेखी तिमिलाई ;
लुकाई राखें ह्रदयमा, देखेदेखी तिमिलाई ।
(१)
कल्पनाले सजाएर , सपनामा रम्न थालें ;
पुज्दै बसें पुज्य ठानी , चिनेंदेखि तिमीलाई
(२)
आँखा मेरा बिछाउथें, तिमी हिड्ने बाटोमाथी ;
बेहोशीमा बाँच्ने गर्थें, सोचेदेखी तिमीलाई ।
(३)
आफै हास्थें आफै रुन्थें, आफै चित्त बुझाउथें;
मनै मन्मा मेरो आफ्नै, ठानेदेखि तिमीलाई ।
(४)
तिमीलाई मात्र मागें, मन्दिरमा दैवसंग ;
मुटुभित्रै राख्छु भन्थें, पाएदेखि तिमीलाई ।
(५)
कति पानी बग्यो होला, कर्णालीमा आजसम्म;
हरेक पल सम्झी राखें ,उहिलेदेखी तिमीलाई ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment