Pages

Friday, August 23, 2013

गजल १०६ अरुलाई गाली किन, आफै गरे भै हाल्यो नी; अन्धकार हटाउँन, ज्योति छरे भै हाल्यो नी । (१) हात बाँधी देशलाई, कस्को भरमा छोडी दिने ; ईमान्दार बनी साँचो, यत्न गरे भै हाल्यो नी । (२) थोपा-थोपा जोड्दै लाँदा, महासागर बने जस्तै; हाते मालो गर्दै हामी, लागी परे भैहाल्यो नी । (३) आफ्नो स्वार्थ बिर्सिएर,शिरमा राखी राष्ट्रलाई; जनताको हित खातिर्, अघि सरे भै हाल्यो नी। (४) नाना थरी नाराहरु, फलाक्दैमा के हुन्छ र ? आयी पर्दा राष्ट्रमाथी, बिघ्न टरे भै हल्यो नी । (५) सधै भरी राष्ट्र मेरो सम्पन्न र सुखी रहोस् ; भनी मनले भित्रैदेखी , बाचा गरे भै हाल्यो नी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment