Pages

Saturday, August 10, 2013

गजल -६२ धडकन मेरो ह्रदयको, अनायासै बड्छ किन ? तिम्रो प्यारो मुहार मात्र, मनभित्र गड्छ किन ? (१) थरी-थरी फूलहरु, फुल्ने गर्छन, बगैचामा ; मेरो लागी एउटै फूल, फुले जस्तो लाग्छ किन ? (२) तिमी बिना जिन्दगीमा, एक्लो यात्री बनी हिड्दा; जिन्दगीको भोगाई नै, खल्लो-खल्लो लाग्छ किन । (३) तिम्रो ब्यस्त जिन्दगीमा, झुक्किएर सम्झ्यौ कि त ; न सोचेको न सम्झेको, यो बाडुकी लाग्छ किन । (४) नजिक हुदाँ तिर्थ हेलाँ , भने जस्तै भयो कि त ; टाढा हुँदा मुल्य तिम्रो, मेरो लागी बढ्छ किन। (५) जिन्दगीको पाईलै पिच्छे , हारे जस्तो अनुभुति ; जीवनप्रति भित्र-भित्रै, यो बितृष्णा जाग्छ किन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment