Pages

Friday, August 23, 2013

गजल १०७ यो दशैमा जसरी’नि, आउनु पर्छ बाबा ; अरुले झै घोर्ले खसी, ल्याउनु पर्छ बाबा । (१) पोहर साल दसैमा’नि, थोत्रै लुगा लाएँ ; यो दसैमा नयाँ लुगा, लाउनु पर्छ बाबा । (२) चाड-पर्व आयो कि त, आमा खिन्न हुने; अरु जस्तै उनले हाँस्न, पाउनु पर्छ बाबा । (३) ठगी पेशा गर्नेहरु, धनि बन्दै गा’छन; किन होला थाहा हाम्ले, पाउनु पर्छ बाबा । (४) समाजमा खुसी बाड्छौ, भनि हिड्नेहरु ; ठग बनें यिन्लाई तह, लाउनु पर्छ बाबा । (५) नेतालाई देख्यो कि त, ठोकी दिउ झै लाग्छ; यिन्को बाजा बज्ने दिन, आउनु पर्छ बाबा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment