Pages

Thursday, August 22, 2013

गजल -४६ पर्न सक्या छु र तिम्रो छनोटमा म कहाँ; मर्न सक्या छु र त्यो चोटमा म कहाँ । (१) बुझ्दैन यो मन घात-प्रतिधातलाई पनि ; हिड्न सक्या छु र सही पथमा म कहाँ; (२) मन भुलाउन पिउँछन नशा मानिसहरु; भुल्न सक्या छु र चुरोटमा म कहाँ । (३) कहाँ टाडिन सकें तिम्रा तिरष्कारहरुबाट; बिना दोष आरोपित भै, ती खोटमा म कहाँ ; (४) धेरै पुगे माथि-माथी,बैशाखीको सहारामा ; चढ्न सक्या छु र प्रगतिको बोटमा म कहाँ । (५) घात गरेर पनि प्रिय बनी रह्यौ तिमी ; पर्न सक्या छु र, हिसाब फर्स्योटमा म कहाँ । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment