गजल १६०
भष्ट्राचारीलाई’नि सम्मान गर्ने हामी ;
आडम्बरीलाई’नि महान गन्ने हामी।
(१)
स्वार्थपुर्तिको भावनाले सन्चालित सबै;
शहिदहरुको’नि, चिहान खन्ने हामी ।
(२)
डाँकाहरु छन् ,राजनितिको आवरणमा ;
डनहरुलाई’नि नेता चुन्ने हामी ।
(३)
राजनिति भो मात्र सपना बाढ्ने पेशा;
ऊन्नतिको मार्गमा कसरी बड्ने हामी ।
(४)
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
साउन २६ गते, २०७० साल
No comments:
Post a Comment