Pages

Friday, August 9, 2013

गजल बयान के गरुँ, के अचेल छ नेपालमा ; राजनितिको, फोहरी खेल छ नेपालमा । (१) बुझ्न काफी छ, एउटै दृष्टान्तले यो देश; जयनगर-जनकपुरको रेल छ नेपालमा । (२) घर-घरै, सिंहदरबारदेखि, बालुवाटारसम्म ; दलालै-दलालको, ठेलेमठेल छ नेपालमा ।... (३) च्याऊ उम्रेझै उम्रेका छन्, पार्टी र नेताहरु; बढ्दो छ भष्ट्राचार र जालझेल् छ नेपालमा । (४) बकुलाको ध्यानमा छन, छद्मभेषी मित्रहरु; गैर-सरकारी संस्थाहरुको, चलखेल् छ नेपालमा । (५) बिकाश पाकेको बेल, र कौवा बनाईए जनता; यत्रतत्र-सर्वत्र, बेमेलै-बेमेल छ नेपालमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर असार २८ गते, २०७० साल

No comments:

Post a Comment