Pages

Thursday, July 2, 2015

गजल लाज लाग्दो दृष्य भयो, मन्त्री छाडा भएपछी; बोक्रैसित खान्छन केरा, नपाउनेले पाएपछी ; (१) त्यति मात्र कहाँ हो र? ठुला बिज्ञ उनै थिए ; ब्रिडर पनि उनै बन्थे, मन्त्री बनी आएपछी । (२) मपाईले परिपुर्ण, घमणडले चुर थिए ; दुई-चार जना भाटहरु, उन्कोपछि लाएपछी । (३) नियति त यस्तै हुन्छ, उम्लिने त पोखिन्छ नै ; उठि हाल्छ दुष्टताको, टाउको ठाँउ दिएपछी । (४) जोगिएर बस्नु होला, सोची सम्झी बोल्नु होला; बुध्दी पलाउँछ होला , ठक्कर यस्तो खाएपछी । रचना: यज्ञ प्रसाद गिरी आषाड १७, २०७२ आनन्दबस्ती, ललितपुर
गजल बुझियो, कस्ले लगाउँछ, मालाहरु नेपालमा ; को को रहेछन मनका, कालाहरु नेपालमा । (१) देशमा योग्यहरुको अनिकाल, भएझै गर्दै; टाँसिए मखमल्मा भाग्ङ्राका, टालाहरु नेपालमा । (२) कस्ता-कस्ता खबरहरु, सुन्न परेको छ आजभोली ; नाग्ङिगै छन स्वघोषित, ठुला-ठालाहरु नेपालमा । (३) किसान दिदी बहिनी दाजु –भाईहरु सचेत हुनुस; क-कस्ले बोकेका छन, छुरा र भालाहरु नेपालमा । (४) वास्ता नगर्दा मिल्किए कि टोल-छिकेकका मणिहरु; दुर्गन्धित राजनितिले, देशका उज्यालाहरु नेपालमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबसती , ईमाडोल -९ ललितपुर