Pages

Wednesday, September 2, 2020

गजल

हामीले ,नि भनेकै हो , हुन्छ हजुर , हुन्छ हजुर ! 

चाकरीको चक्रभित्र , नपरेको कुन छ हजुर ?
(1)
हिजो मात्र समताको , नारा दिदै भुक्ने गर्थे ;
आज तिनकै झोलाभित्र ,तस्करीको सुन छ हजुर ।
(2)
चलन चल्यो स्वार्थ आफ्नै , हेर्ने आजभोली किन ?
बिर्सीएको कथा जस्तै, लगाएको गुन छ हजुर ।
(3)
एकै शब्द बोल्न पनि , पैसा पर्ला जस्तो गर्छन ;
सद्भाव र मानवता , डाको छोडी रुन्छ हजुर ।
(4)
शून्य शून्य बस्ती भा,छ, उजाडिए मनहरु ;
जता जाउ मौनताको ,कोलाहलले छून्छ हजुर ।

रचना: यज्ञ प्रसाद गिरि
उत्तरगङा टोल , महालक्ष्मी न.पा.-4
ललितपुर ,
मिती : 2077 साल, भाद्र 17 गते





दिनैभरी कता थियौ , साझ परे,सी आयौ ; दन्ते मोहनी लगाउथे , दाँत झरे,सी आयौ । (1) फुल्दा फुल्दै सकिएछ , बसन्त मेरो दिलको ; गोधुलीको पछी पछी, बेला टरे,सी आयौ । (2) आउ बस कुरा गरौं , तिम्रो मेरो जवानीका ; खहरेझै जवानीको , रहर मरे,सी आयौ । (3) सरल अनि सहज थियो, उति बेला जिन्दगानी ; समयको कुचक्रको गाठो परे,सी आयौ । (4) कुर्दा कुर्दै , जिन्दगीले अर्कै कोल्टो फेरेपछी : सँगै जिउने सँगै मर्ने , बाचा गरे,सी आयौ । रचना: यज्ञ प्रसाद गिरी महालक्ष्मी न.पा. 4 , उत्तरगङा टोल , ललितपुर मिति : 2077 साल भाद्र 17 गते