Pages

Wednesday, August 21, 2013

गजल १४७ के भा’को छ आजभोली , बाग्ङा-बाग्ङा कुरा सुन्छु; अलि अर्कै लाग्छ बोली , बाग्ङा-बाग्ङा कुरा सुन्छु । (१) खलपात्र सक्रिय छन्, सधै तिम्रो वरी-परी ; बसेका छन पसल् खोली, बाग्ङा-बाग्ङा कुरा सुन्छु । (२) मुसाहरु तिखार्दै छन , तिन्का दुष्ट दाँतहरु ; काट्नलाई प्रेम झोली , बाग्ङा-बाग्ङा कुरा सुन्छु । (३) मानिसको मनै न हो , निमेषमै बद्ली दिन्छ ; छोड्यो सुसाँउन खोली , बाग्ङा-बाग्ङा कुरा सुन्छु । (४) त्यही मिठो बोली आज, किन होला म बुझ्दिन ; पस्छ दिल्मा बनी गोली, बाग्ङा-बाग्ङा कुरा सुन्छु । (५) बेरंगमा रंगिदै छन , भावनाका फाँटहरु ; कसरी म भनुँ होली, बाग्ङा-बाग्ङा कुरा सुन्छु । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर फागुन १९, २०६९ साल

No comments:

Post a Comment