Pages

Monday, September 23, 2019

रात , साँझ, दिन र बिहान दुख्यो ;
उसको उपेक्षाले स्वाभिमान दुख्यो ।
(1)
नखेल्नु सम्बेदनशिल दिलमा हजुर ;
अतीत भक्कानियो, वर्तमान दुख्यो ।
(2)
गुनासो कसैसङ पनि कुनै छैन मेरो ;
तैपनि आज दिलको उडान दुख्यो ।
(3)
यात्रा मन्जुर छ ,गन्तव्यहिन नै सही ;
तर लामो यात्राको सुनसान दुख्यो ।
(4)
मेरो खुसिको स्वर्ग थियो हिजोसम्म;
आज तिमीले दिएको बरदान दुख्यो ।

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
असोज 8 गते, 2076 साल

Tuesday, September 17, 2019

किन यसरी दर्कि रहेछ झरी प्रिय ;
धडकन धड्किनछ मनपरी प्रिय ।
(1)
तिम्रै तसबिर आँखा अगाडी मेरो ;
पिरोल्छ तिम्रै यादले घरी-घरी प्रिय ।
(2)
तिम्रै सुवाशले ब्याप्त छ मन मेरो ;
प्रेमको अनुभूति छ थरी थरी प्रिय ।
(3)
उन्मुक्त हासो गुन्जिनछ ह्रदयमा ;
उपस्थिति तिम्रै छ सधैभरी प्रिय ।
(4)
बसन्त मेरो जीवनको , तिमी बन्यौ ;
जिन्दगानि बनेको छ स्वर्गसरी प्रिय ।

रचना : यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
भाद्र 31, 2076 साल

Saturday, September 14, 2019


गजल

सुन हैन फलाम , म जनता आम ;
पुज्छु सदैव काम , म जनता आम ।
(1)
उम्किन सक्ने छैनौ ,लुटेर मातृभूमि ;
कसि छोड्छु लगाम्, म जनता आम ।
(2)
गर्छौ कति नाटक , समाजसेवी बनी ;
दिदैन बटुल्न दाम, म जनता आम ।
(3)
घृणा मात्र गर्ने गर्छु ,तिमिलाइ म ;
सारै भयौ बदनाम, म जनता आम ।
(4)
बादरले नरिवलझै ,अधिकार पायौ ;
दिनेछु तातो डाम्,म जनता आम ।

बैशाख 29 , 2076 साल
वीरेन्द्र नगर , सुर्खेत





Thursday, September 12, 2019

समयले चर्कायो , चर्केर हैरान भएँ ;
चाहनाले पर्खायो, पर्खेर हैरान भएँ ।
(1)
रूझेर निथ्रुक्क, म ओत खोज्दै,थे ;
सगरले दर्कायो , दर्केर हैरान भएँ ।
(2)
जमाउन खोजेको , दरिलो खुट्टा ;
समयले मर्कयो , मर्केर हैरान भएँ ।
(3)
बाधेर मनलाई , राख्न म चाहन्थे ;
डोरिले सुर्कायो , सुर्केर हैरान भएँ ।
(4)
आँखा मा बसेर, मनभित्र बिझेछ ;
कसैले फुर्कायो , फुर्केर हैरान भएँ ।

भाद्र 25गते , 2076 साल
आनन्दबस्ती , ललितपुर


Saturday, September 7, 2019

भैगो माया नगर भो , छुस्स माया गर्ने भए ;
एक कदम अघि बढ्दै, फेरी पछि सर्ने भए।
(1)
म त माया गर्नु परे , खन्याई दिन्छु मुटुलाई ;
किन सगरमाथा छुने, अलि पछि झर्ने भए ।
(2)
जिवन गर्छु राजिनामा , पास गर्छु तिमिलाई ;
आजै बुझ यो जिन्दगी , यदि मन पर्ने भए ।
(3)
भन्नलाई सजिलो छ , माया गर्छु तिमिलाई ;
ह्र्दयमा लुकाउनु , साँच्चै माया गर्ने भए ।
(4)
माया गर्न अघि सर्नु , ठूलो मुटु राख्छौ भने ;
उसकैलागी जिउन र उसकैलागी मर्ने भए ।

भाद्र 21गते , 2076 साल
आनन्दबस्ती , ललितपुर




मलाई राजा जस्तो , आफुलाइ रानी बनायौ ;
मेरो मन मन्दिरलाई , राजधानी बनायौ ।
(1)
बसेको थिए दुनियाको नजरबाट टाढा ;
एकै नजरमा तिमीले , पानी पानी बनायौ ।
(2)
थाहा छैन भन्थ्यौ , माया पिरतीका कुराहरु ;
मलाई पागल तिमीले जानी जानी बनायौ ।
(3)
चैन छैन दिन रात , तिम्रै सोचाईमा हुन्छु ;
जलायौ तिम्रो प्रेममा, अनि खरानी बनायौ ।
(4)
न सहन सकिने , न भन्न मिल्ने यो ब्यथा ;
जिन्दगीलाई मिठो दुखाईको हैरानी बनायौ ।

भाद्र 21 गते , 2076 साल
आनन्दबस्ती , ललितपुर

Wednesday, September 4, 2019

तिमी भेटियौ अचानक , बिहानी जस्तो ;
सुख्खा रोटि खानेलाइ, बिरियानि जस्तो ।
(1)
काकाकुल बनेको रेगिस्तानको यात्री लाई ;
बन्यौ तिमी , झरनाको चिसो पानी जस्तो ।
(2)
सुनायौ तिमीले कहानी , तीतो अतितको;
लाग्यो मलाइ त्यो , आफ्नै कहानी जस्तो ।
(3)
कैयन जिवन घिस्री रहेछन, मात्र सम्झौतामा ;
भोग्दै जिवन फिकका फिकका र पानी जस्तो ।
(4)
पाउनु पर्छ बाच्न सबैले, एकबारको जुनी ;
पुरुष ले राजा र , महिलाले रानी जस्तो ।

रचना : यज्ञ प्रसाद गिरी
भदौ 8, 2076 साल
आनन्दबस्ती , ललितपुर


कोही छैन अरु, यो दिलमा तिमी नै तिमी छौ ;
डेरै सर बरु , यो दिलमा तिमी नै तिमी छौ ।
(1)
मेरो बसमा रहेन यो दिल , तिम्रै भयो प्रिय ।
गरु त म के गरु , यो दिलमा तिमी नै तिमी छौ ।
(2)
दिन रात , सपना बिपना, कल्पनामा तिमी छौ ;
म कसको भरमा परु , यो दिलमा तिमी नै तिमी छौ ।
(3)
तिमी बिना , पानी बिनाको माछो बनी सके ;
भन म बाचु की मरु , यो दिलमा तिमी नै तिमी छौ ।
(4)




के भो ? किन यसरी रिसा,को ?? मायालु;
न फोड , यो दिल छ शिशाको , मायालु ।
(1)
बहार छाउछ मनमा , तिमी हासी दिदा ;
यो मनले , बिन्ती बिसा, को , मायालु ।
(2)
कहाँ थियौ , दशकौ बिते छ , पर्खाइमा ;
भाग्यमा रहेछ र , भेटा,को मायालु ।
(3)
ह्र्दय यो , नशामा छ , तिम्रो मायाको ;
कहिल्यै , हुने छैन , यो अघा,को मायालु ।
(4)
तिमी , अमूल्य उपहार मेरो , यो जगमा ;
छैन, तिमिलाई कतै, मिसा,को मायालु ।

भाद्र 16 , 2076 साल
आनन्द बस्ती , ललितपुर







कुहिरोले ढाक्यो अचानक , चन्द्रागिरिमा ;
चाल बढ्यो मुटुको धकधक , चन्द्रागिरीमा ।
(1)
तिमी छौ म छु , अरु कोही छैन , एकान्त छ ;
दबाव भो , मायाको नशाको फरक , चन्द्रागिरिमा ।
(2)
जीवन यसरी नै बितिरहोस ,लाग्छ तिमीसँगै ;
मायामा नहोस कुनै रोक टोक , चन्द्रागिरिमा ।
(3)
स्वच्छ मन , स्वच्छ आकाश , स्वच्छ वातावरण ;
जस्तो बन्दै छ उन्मुक्तिको सडक , चन्द्रागिरिमा ।
(4)
मन भारी भयो , केबुल कारमा , फर्कंदै गर्दा ;
छुटे जस्तो स्वर्णिम पलको झलक, चद्रागिरिमा ।

भदौ 17 गते , 2076 साल









भ्रमण जुट्न गो यसपाली, चन्द्रगिरीको ;
मनमोहक छ हरियाली , चन्द्रागिरिको ।
(1)
छिन छिन मै घाम , छिन छिन मै बर्सात हुने ;
थप्छ मौसमले खुसियाली , चन्द्रागिरीको ।
(2)
घुम्टो बादलको कहिले , खुला चम्किलो मुहार ;
चन्चल नायिकाझै हाल , मतवाली चन्द्रागिरिको ।
(3)
कहिले हिउँले सेताम्मे , तपस्वीझै निश्चल ;
हुस्सु ,घाम पानीमा , बानी जाली छ चन्द्रागिरिको ।
(4)
निर्माणको नाममा घाइते, बन्दै छ वातावरण ;
अब आवश्यक भै सक्यो, रखवाली चन्द्रागिरिको ।

भदौ 18 , 2076 साल
आनन्द्बस्ती , ललितपुर