Pages

Friday, August 23, 2013

गजल११४ के माग्यौ प्रिय देउतासंग,वरदान तिमिले; बैभव, धन,ऐश्वर्य या त, सन्तान तिमिले। (१) सम्झ्यौ कि कतै अनेक थरी, सुखका साधन ; बिलाशी कार, सरर उड्ने, विमान तिमिले । (२) सुन र चाँदी हिरा र मोती, मढी र माणिक्य; भर्यौ कि चढी मनको घोडा, उडान तिमिले । (३) यो पनि पाउँ त्यो पनि पाउँ, लाग्यो कि मनमा ; कोर्यौ कि लामो बस्तुको सुची, बिहान तिमिले। (४) जन्मे कि धेरै ह्रदयभित्र , ईच्छा र आकांक्षा; सोच्यौ कि आफु गएको बन्दै, महान तिमीले । (५) नढाँटि भन सुचीमा तिम्रो म परें, परिन ; देख्यौ कि प्रेम हुर्केको ठाँउ, चिहान तिमीले । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment