गजल १२४
आफै भन्दा तिम्रो नाम्, मलाई प्यारो भा’छ;
तिमी बिना धरोधर्म, बाँच्नै गाह्रो भा’छ ।
(१)
तिमी हुनु यो सृष्टिमा, प्रिय मेरो लागी ;
दुनियाको एउटै सत्य, ध्रुव तारो भा’छ ।
(२)
कहाँ देखु, कहाँ भैंटु,कहाँ बोलुँ जस्तो ;
भेट्नासाथ तिम्रो सामु, दिल खोलुँ ला’छ।
(३)
जबदेखि हामी बिच, दुरी बड्दै गयो ;
किन होला मन मेरो, सधै उडि’राछ ।
(४)
पानी सधै ओरालोमा, झर्ने गरे जस्तो;
छेक-बार सबै तोडी, तिमीतिरै धा’छ ।
(५)
हिजो भन्दा आज धेरै, आज भन्दा भोली;
तिम्रो कारण यो मुटुको ब्यथा बड्दै गा’छ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment