Pages

Saturday, June 15, 2019

जे गर्दा,नि उसको मनमा बस्नै सकिएन ;
मुल ढोका खोली भित्र , पस्नै सकिएन ।
(1)
भन्ने गर्थि तिमिलाई , दिल दिएकी छु ;
कतिवटा दिल रै,छन्, बुझनै सकिएन ।
(2)
आजभोलि देखिदै छ , पराईको पारा ;
यस्तो पनि होला भनि , सोच्नै सकिएन ।
(3)
के के कुरा लुक्दो रै,छ , चिप्लो बोली भित्र ;
भन्ने कुरा पुर्वानुमान , गर्नै सकिएन ।
(4)
स्वभावको खेल हो की ? खेल समयको ;
छुट्याउन कुनै कसि ,कस्नै सकिएन ।

जेठ 32 गते, 2076 साल
बिरेन्द्रनगर्-1, सुर्खेत

Thursday, June 6, 2019

कसैको शरिरमा किमति सारी छ आज ;
कसैको मुहारमा फुलेको दारी छ आज ।
(1)
कोही आफ्नो दिल लुटाएर कङ्गाल छ ;
उ दिल बेच्न सिपालु ब्यापारी छ आज ।
(2)
कर्मको खेल हो जिन्दगानि , बाच्नै पर्छ ।
सहयात्री नदीको वारी -पारि छ आज ।
(3)
पस्यो जिवनमा , समयको आधि -वेहरी ;
मरुभुमिको यात्राको , तयारी छ आज ।
(4)
साझा गन्तव्य छ हाम्रो , भन्ने गर्थौ तिमी ;
गन्तब्य बिहिन सफर , जारी छ आज ।

जेठ 23 गते 2076 साल
आनन्दबस्ति , ललितपुर



Wednesday, June 5, 2019

छिनमै यहाको मौसम , बदलिन्छ
याद राख्नुस ;
मौसमझै बानिले,नि , दुख दिन्छ याद राख्नुस ।
(1)
सुखमा असन्ख्य साथि , गनेर साध्य छैन ;
आपत बिपतमा साथि , चिनिन्छ याद राख्नुस ।
(2)
सारै नजिकको ठानि , मनपेट दिन्छौ हामी ;
उही विरोधी ठूलो , भै दिन्छ याद राख्नुस ।
(3)
सर्वस्व आफ्नो दिन्छौ, विश्वासले जितेर ;
विश्वासमा पहिरो , गैदिन्छ याद राख्मुस । (४.)
तिमी बिना यो जगमा , सक्दैन बाच्न भन्ने ;
खवर बिनै बिरनो , भै दिन्छ याद राख्नुस ।

जेठ 22 गते, 2076 साल
आनन्दबस्ति, ललितपुर