गजल-९१
तिखो नजर कसैको ,बिझी सक्यो कि मनमा ?
उडायो रातको शान्ती, रहेन चैन दिनमा ।
(१)
सुनसान रात लामो, आँखामा निंद छैन;
साक्षी छन् चन्द्र, सुर्य, ताराहरु गगनमा ।
(२)
मैलाई मात्र हो कि, लागेको रोग यस्तो ;
सोचाई मात्र तिम्रो, बसी रहन्छ मन्मा ।
(३)
न बैध्यले चिनेको, न नर्सले बुझेको ?
ब्यथा छ अनौठो, अत्यास लाग्छ मनमा ।
(४)
यस्तै हुने भए त , हुने भो बाच्न गाह्रो ;
माया अलिकति नि, छ कि कसैको मनमा ।
(५)
आगो किन लगायौ, यो शान्त जिन्दगीमा,
दया अलिकति नि, छ छैन तिम्रो मन्मा ।
No comments:
Post a Comment