Pages

Tuesday, June 7, 2016

गजल सबै कालाका बगाललाई, सेता भन्दिए हुन्छ ; निरध्क्क झुठ बोल्नेलाई, नेता भन्दिए हुन्छ । (१) के बाँकी रह्यो र सेवालाई पैसा बनाएपछी; मानवताका कसाईलाई, क्रेता भन्दिए हुन्छ । (२) मुलबाटो ठुलो श्वर भा'का चोरहरुको भयो; गोरेटोतिर सोजालाई त्यता भन्दिए हुन्छ। (३) टिक्नै सकेन जो सत्यको अगाडी कहिल्यै; नेताका चम्चा भए बिजेता, भन्दिए हुन्छ । (४) धन्य छौ द्वेद चरित्रका चटकी मानव तिमी ; नेता हैन तिमीलाई अभिनेता, भन्दिए हुन्छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर जेठ २४ गते, २०७३ साल