Pages

Monday, December 16, 2013

गजल राजनितिले नै सुन्दर विकशित संसार बनायो; फोहरी राजनितिले यो देशलाई बिमार बनायो। (१) हिजोको चप्पलधारीले पनि तँपाई-हाम्रै अगाडी; कसरी होला रातोरात विशाल दरबार बनायो । (२) काँही नभा’को जात्रा हाँडी गाँऊमा भनेजस्तै; दुई ठाँउमा हार्नेले’नि नेपालमा सरकार बनायो। (३) मौलाउँदो छ भष्ट्राचार गिठा- भ्याकुरका लहराझै; सुन्दर देशलाई कसरी गरिबीको शिकार बनायो । (४) कृत्रिम अभाव सिर्जना गरिएको छ बजारमा सधै; किन,कसले , कसरी जनतामा हाहाकार बनायो । (५) मलाई था’छैन के-के नियमहरु बनेका छन यहाँ; यक्ष प्रशन छ कस्ले संस्थागत भष्ट्राचार बनायो ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २८ गते, २०७०
गजल कोही लाजले पानी-पानी छन; उन्का आफ्नै आनी-बानी छन । (१) कुरा उनि मोटा-मोटा गर्छिन; हेर्दा भने सानी-सानी छन । (२) कसैसंग शब्दनै छैनन् कि झै ; कोही कुरै-कुराका खानी छन् । (३) बोल्दा भन्छन भिषण ज्वाला हुँ; वास्तवमा उनि चिसो खरानी छन। (४) तथाकथित आधुनिक मानवका ; मिल्दा-जुल्दा राम कहानी छन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २९ गते, २०७०
गजल फेरेझै भित्ते पात्रो, माया फेरिदो रै’छ; केरेझै प्रेमपत्र, बाचा केरिदो रै’छ । (१) आगो बलेकै रोज्यौ, तिम्ले पनि अरुझै ; दुखी भै बाच्नु पर्दा, बाटो मोडिदो रै’छ। (२) बद्ली रहेछ मान्छे, बद्ली रहेछ माया ; नाफा भयो भएन, गणना गरिदो रै’छ । (३) भन्नु त केही छैन, संसारको चलन् यो ; मान्नु छ तितो सत्य, तर मन् कुडिदो रै’छ। (४) अलपत्र जिन्दगी भो, एक्लो भएर बाँच्दा ; यात्रा तिमी बिनाको, खल्लो पो लाग्दो रै’छ। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २८ गते, २०७०
गजल सांसदको कोटमा, यिन्को अर्जुन दृष्टी; जनताको भोटमा, यिन्को अर्जुन दृष्टी; (१) विकाश र सेवा त भजन हुन यिन्का ; वास्तवमा नोटमा, यिन्को अर्जुन दृष्टी । (२) अस्मिता राष्ट्को, बेच्ने छन कौडीमा; दिल्ली र भोटमा, यिन्को अर्जुन दृष्टी। (३) शान्ती र स्थिरताका बिरोधी यिनी; मात्र बिष्फोटमा, यिन्को अर्जुन दृष्टी। (४) ज्यान फालेर यिनी छन् कमाउ धन्दामा; सदैव छलकपटमा, यिन्को अर्जुन दृष्टी। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २६ गते, २०७०
गजल बिदेशीले बजाउने, मादल बन्यौ तिमी; जहिले’नि अशान्तीको, बादल बन्यौ तिमी । (१) थाहै हुन्न तिम्रो भित्री, निशाना छ कता; भस्मासुर राक्षसका, मोडेल बन्यौ तिमी । (२) लाज घिन पचाएर, मत मागी हिड्छौ ; निच नेताहरुको'नि दलाल बन्यौ तिमी । (३) सिनो जस्तै कुहिएर समाजमा हाम्रो ; गन्हाउने फोहरको आहाल बन्यौ तिमी । (४) सिध्दान्त र नारा सारा बनावटी कुरा ; यथार्तमा सबै सामु कंगाल बन्यौ तिमी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २६ गते, २०७०