Pages

Wednesday, August 21, 2013

गजल १३७ भित्रि मन्का कुराहरु, नलुकाउनु सानु ; सोझै भन्नु के भन्नु छ, नघुमाउनु सानु। (१) दुख मेरो तिमीलाई, यदि बिझ्छ भने; मुटु छेड्ने तिखा शब्द, नसुनाउनु सानु । (२) मनै त हो बद्ली जान कति बेर लाग्छ; मन्मा ला’को कुरा भन्न नधकाउनु सानु । (३) समाजले के सोच्ने छ, मेरो कदमलाई ; सोच्दै तिमी ब्यर्थै खुट्टा नकमाउनु सानु। (४) के म गरुँ, कसो गरुँ, भन्ने लाग्छ भने ; उचित कदम झट्ट चाल्नु, नहराउनु सानु। (५) मेरो साथ तिमीलाई वाधा बन्छ भने ; बिर्सी मलाई सधैलाई, रमाउनु सानु । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment