Pages

Wednesday, August 21, 2013

गजल १४६ पल्टाउनु पर्‌यो धेरै, माया-प्रितिका किताबहरु ; तिमीले जब खोज्न थाल्यौ, मायाका हिसाबहरु । (१) न कुनै सुत्र, न जोड,गुणा, भाग न घटाऊ ; फर्स्योट कसरी गरुँ म, मायाको हिसाबहरु । (२) कसरी नाप्नु लिटर, केजी ,पाथी या मुरीमा ; कुन नापमा मापन गरुँ म, मायाका हिसाबहरु। (३) बेहिसाब सधै रहन्छ , यो मुटुमा माया तिम्रो ; तामिलीमा छन सबै मेरा , मायाका हिसाबहरु । (४) चाहनाको भेलमा भेटिने छ, डुबेको पुरै जिवन् ; यो डुबानमा खोज्नु प्रिया, मायाका हिसाबहरु । (५) मैलाई था’छैन हजुर, मेरो मायाको सिमाना के ? था’छैन कसरी गरुँ म , अब मायाका हिसाबहरु। रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment