Pages

Tuesday, June 23, 2015

गजल यसपालीको भुँईचालो, बज्रपात भयो ; सिधासाधा नेपालीको, मनै आहत भयो। (१) भत्केका छन् सारा बस्ती, बाटा-धाटाहरु ; बिपत्तीको तुँवालोले, दिनमै रात भयो । (२) गणतन्त्र, संविधान, नारा चल्दै थिए ; एकाएक राजनितिको, नारा राहत भयो ; (३) पिडितको भाग खोस्न,गिध्द बन्यौ तिमी; तिम्रोलागी आँसु पनि, मासु भात भयो। (४) आफुलाई नेता भन्छौ, कुन मुखले तिमी ; दुष्टताको अर्को नाम, तिम्रो जात भयो । (५) किन ब्यर्थै बजाउँछौ, थोत्रा गाला तिमी ; न्यायिक अंग मरे सके, सन्निपात भयो। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर असार ९ गते, २०७२ साल