Pages

Saturday, December 30, 2017

गजल
सोचेझै भयो बैज्ञानिक चलखेल धुलिखेलमा ;
तीनपुस्ते किटबिज्ञको भयो  मेल, धुलिखेलमा ।
(१)
ठिक्कै राखिएको रहेछ नाम त्यस  ठाँउको हजुर ;
ब्याप्त थियो धुलोको ठेलमठेल , धुलिखेलमा ।
(२)
बिज्ञानका मुद्दामा घम्साघम्सी स्वाभिकै थियो ;
सुस्ताय एन.टी. सी. र एन. सेल धुलिखेलमा ।
(३)
जिवन्त बन्यो प्राविधिक बहस, प्रा:य दिनैभरी ;
साँझमा रन्कियो राष्टिय झोल, धुलिखेलमा ।
(४)
किसिम धेरै देख्न पाईयो किराझै, नाचका पनि ;
पुतली,कछुवा, हात्ती र बँदेल , धुलिखेलमा ।
(५)
राष्ट्र उत्थान कृषिको माध्ययमले हुन्छ भन्दै;
कुर्लिए गिरि, पनेरु र पोखरेल, धुलिखेलमा ।

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

पुस १४ गते, २०७४ साल 

Tuesday, December 12, 2017

गजल
निधारमा टिका र गलामा छ हार कसैको ;
चारैतिर जता’नि छ हारै-हार , कसैको ।
(१)
चमत्कार र बिकाशका कुरा छन एकातिर;
गरिबीले बिमार पुरै छ परिवार, कसैको ।
(२)
पालमुनि हिउद  कटाउने चिन्ता छ एकातिर;
भित्रभित्रै तातिएको मतको छ बजार, कसैको ।
(३)
छानिए  जनताका तथाकथित, सेवकहरु कतै;
सेवाको खोलमा मेवाको छ ब्यापार, कसैको  ।
(४)
छ्यापछ्याप्ति भएका छन, छट्टुहरुको बथान ;
आतुर छन लुट्न जिन्दगीको आधार, कसैको ।

रचना: यज्ञ प्रसाद गिरी
अनन्दबस्ती ललितपुर

मंसिर २६ गते, २०७४ साल

Monday, December 11, 2017

गजल
एकातिर बन्दुक, अर्कोतिर बम, बुझ्ने कोशिश गर;
तौल कहिले बेसी, कहिले कम, बुझ्ने कोशिश गर ।
(१)
सुख-दुख, उकालो-ओरालो , दुई पाटा जिन्दगीका ;
यो त  चली रहन्छ हरदम, बुझ्ने कोशिश गर ।
(२)
था’छैन कुन मोडमा,  के हुन्छ जिन्दगीमा ;
कहाँ पर्दैछन हाम्रा कदम, बुझ्ने कोशिश गर ।
(३)
अघी बढी रहन्छ समय , युगौ-युग निरन्तर ;
बन्छ सरल कहिले  निर्मम, बुझ्ने कोशिश गर ।
(४)
उज्यालो प्रेमको , ह्रदयमा बचाई राख्नु प्रिय ;
जिउने यही मार्ग छ उत्तम, बुझ्ने कोशिश गर ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

२०७४ साल, मंसिर २६ गते
गजल
थाहा छैन, साथी को बन्छ, जिन्दगीमा;
कस्ले, मन छुन्छ ,जिन्दगीमा ।
(१)
चाहेझै सुखद कहाँ हुन्छ र ? सफर ;
निमेषमै बन्छ, बिग्रन्छ , जिन्दगीमा ।
 (२)
हिसाब-किताब, मायामा'नि लागु भए;
 घाटै-घाटाको बज्र, बज्रन्छ जिन्दगीमा ।
 (३)
नेताको नाराको, पारामा लाग्यौ भने ;
 थाहा छैन के-कस्तो, हुन्छ जिन्दगीमा ।
(४)
त्रसित हुनु किन , भविष्यको त्रासले सधै ;
चाल्दै जाऊ कदम, स्वच्छन्द जिन्दगीमा ।


रचना  
यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर 
२०७१ साल, कार्तिक १८ गते

Saturday, December 9, 2017

गजल
सोझा -साझालाई झुक्याउनु झुक्याए,  देशद्रोहीले ;
चिताको आगोमा आफ्नो रोटी, सेकाए, देशद्रोहीले ।
(१)
लाल पुर्जा हात्मा, जमिन भारत्मा हुदाँ कहाँ थिए यी;
छापरोले झै राता-रात रंग फेरी आए , देशद्रोहीले ।
(२)
भयावह बन्दै छ , यो देशमा रगतको राजनिति हजुर;
आपसी मारकाट गराएर के पाए ,   देशद्रोहीले ।
(३)
साख्कै कसरी हुन सक्छन गरीबका ,  यी शोषकहरु;
क्षेत्रियता र जातियताको बिष फैलाए,  देशद्रोहीले ।
(४)
नरसंहारलाई पुरुसार्थ मान्ने ,राक्षसी प्रवृति अगाल्दै;
फेरी टाउको उठाउने अवसर पाए , देशद्रोहीले ।
(५)
चिन्नुस, राम्ररी चिन्नुस,  को हुन घातक यो देशका ;
रक्तपिपाषु सक्कली स्वभाव देखाए,  देशद्रोहीले ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबसती ,ललितपुर
भदौ ११ गते, २०१७२ साल

Tuesday, December 5, 2017

गजल यसो हेर्दा सरल जस्तो; बहावमा तरल जस्तो ; तिम्रो माया किन होला, बालुवाको महल जस्तो । (१) कुनै फरक कहाँ छ र ? नयाँ होस वा पुरानोमा ; यस्तो लाग्छ यो माया’नि , एकोहोरो पहल जस्तो । (२) चस्स-चस्स बिझी राख्छ, मेरो माया ह्रदयमा ; सधै बाजी हारी राख्ने, चिडियाको नहल जस्तो। (३) कुनै कुरा किन होला, प्यारो लाग्ने बिझाउँदा ; मदिराको मातकोझै , केही रहल-पहल जस्तो। (४) हुनु पर्छ चाहनामा, गहनता र पवित्रता ; नहोस प्रेम भिखारीझै, चाकरी र टहल जस्तो । रचना: यज्ञ प्रसाद गिरी अनन्दबस्ती ललितपुर श्रावन १९ गते, २०७४ साल
गजल एकातिर देवता , पुजा र मन्दिर छ; अर्कोतिर पहिल्यै तोकेको तक्दिर छ । (१) एकातिर आशाबादी सोच र गन्तब्य ; वर्तमान अनकन्टार, तारे भिर छ । (२) भनिन्छ बिजय त सत्यको नै हुन्छ ; अर्कोतिर भष्ट्राचारीकै ठाडो शिर छ । (३) सैकडौ नेता छन् , गणनामा यो देशमा ; स्थिति भने देशको , सारै गम्भिर छ । (४) भोली पलाउलान , लिलामणी र गोबिन्दहरु; आज अशक्त जोर्नीहरु र, कुहिएको शिर छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भदौ, २१, २०७२ साल
गजल त्यति सस्तो किन ठान्यौ, तिम्ले पा’को मेरो माया; बिना स्वार्थ दिलै देखी , उर्लि आ’को मेरो माया । (१) यति छिटै बिर्सी दियौ, मानकहरु जिन्दगीका ; प्रकृतिलाई साक्षी राखी, हिजै ला’को मेरो माया । (२) सुनै खानु, सुनै पिउनु, सुनै ओढि निदाउनु ; कहिले पनि नसम्झनु,बिर्सी गा’को मेरो माया। (३) लाग्यो होला तिमीलाई, माया एउटा खेल जस्तो; मलाई भने दुखाई भो, घाउ भा’को मेरो माया । (४) गल्ती ठुलो मेरै थियो , तिम्लाई मुटु सुम्पी दिएँ; न निल्नु न ओकल्नु भो, तातै खा’को मेरो माया । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र १, २०२७ साल
गजल-६ झक्काश तिम्रो चेहरा र जवानी रहेछ डेन्जर, बिन्दास भै बोल्ने तिम्रो, बानी रहेछ डेन्जर । (१) असर कता-कता पर्ने खनकदार हँसाईको, तिमिले पिउने कुवाको पानी रहेछ डेन्जर । (२) ना-ना थरी कुरा खेल्ने, टाउको भित्र तिम्रो, त्यै टाउको सहारा बन्ने सिरानी रहेछ डेन्जर। (३) सुन्छु धेरै पुतलीहरु, मरे बत्तिको प्रेममा, मुटु कुल्ची हिड्ने तिम्रो बानी रहेछ डेन्जर। (४) न लक्षण बिमारीको ,न अनुभुति स्वस्थताको; तिम्रो असरमा पर्नेहरुको कहानी रहेछ डेन्जर। (५) आहात धेरै बनी फसे, तिलष्मी जालमा तिम्रो ; नजरमा तिम्रो पर्नेहरुको, हैरानी रहेछ डेन्जर । (६) तिम्रो प्रेममा जलेर, निष्प्राण धुलो हुदाँ पनि ; संक्रामक रोगझै सर्ने , खरानी रहेछ डेन्जर । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल भाउ कहिले कम, कहिले बेसी, जिन्दगीको बजारमा ; छाउँदै छ मन्दीको मदहोशी , जिन्दगीको बजारमा । (१) मुल्याँकन’नि फरक हुने , समय र स्थिति हेरी ; बढाउनेलेनै भाउ खोसी, जिन्दगीको बजारमा । (२) राखिदो रहेछ हिसाब, हिजो, आज र भोलीको हजुर ; कसलाई भनुँ र म दोषी, जिन्दगीको बजारमा । (३) सृजेर कुटी पवित्र प्रेमको, बस्थ्यौ मनभित्र मेरो ; डढायौ त्यै कुटी झोसी , जिन्दगीको बजारमा । (४) था’छैन के हुन्छ अन्त्य, दशकौ लामो सम्बन्धको; सर्वोच्च हिमाल वा कोशी, जिन्दगीको बजारमा । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मग्सिर, २०७४ साल