Pages

Saturday, November 25, 2017

<गजल उदाउन नपाँउदै, अस्ताउने कति छन; लक्षमा नपुग्दै, सुस्ताउने कति छन । (१) स्वार्थ लोलुपता, जिवनको बाटो मानेपछि, समाजका घृणित, बिझाँउने कति छन । (२) समाज सेवाको खोल, ओडेर ब्वाँसाहरु; छोटो समयमै , गन्हाँउने कति छन । (३) जाति,धर्म, भाषा, भेग र पहिचान त के ; आफैलाई निर्धक्क, भजाउने कति छन । (४) एउटै प्रश्न मनमनै गर्छु, आफैसँग सधै ; देशमा सोझो बाटो, समाउने कति छन? यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मग्सिर, २०७४ साल

Wednesday, November 1, 2017

गजल अवसरबादीको लर्को छ, शक्तिको वरीपरी ; यो समस्या चर्को छ , शक्तिको वरीपरी । (१) साख्कै हुन पुगेका छन , बाटो काटी हिड्नेहरु ; कहानी घर-घर्को छ , शक्तिको वरीपरी । (२) मरी-मरी खटेकाथ्ये , गाँउघरका सिधा-साधा ; घेराबन्दी शहर्को छ, शक्तिको वरीपरी । (३) अचम्मै पो हुदो रै’छ, मात शक्तिको हजुर; ज्ञान निम्न स्तर्को छ , शक्तिको वरीपरी । (४) हाउ-भाउ बिचित्र छ,हिजो सबै बिर्से जस्तो; सिमा धर्म न डर्को छ, शक्तिको वरीपरी । रचना: यज्ञ प्रसाद गिरी अनन्दबस्ती ललितपुर श्रावन १० गते, २०७४ साल