Monday, August 12, 2013
गजल १६३
अब यो दुनियामा कसैको’नि, आश लाग्दैन;
साच्चै हो अब त दैवको’नि, बिश्वाश लाग्दैन।
(१)
सबै ब्यवहारहरु स्वार्थले प्रेरित, हुने भएपछी;;
अब कसैको बिश्वासघात’नि, खास लाग्दैन ।
(२)
झोकि सकेको छु मुटु मेरो, मायाको भट्टीमा ;
जिन्दगीको कुनै पल पनि, मधुमास लाग्दैन ।
(३)
चोरलाई चौतारी बनाउने, हाम्रो यो समाजमा ;
हुने गर्छ कि कतै न्यायको’नि, बास लाग्दैन ।
(४)
दिनचर्यामै बितृष्णाको लहर सामिल भएपछी;
तथाकथित तिम्रो साथ’नि, मिसमास लाग्दैन ।
(५)
जिन्दगीभर तरबारको धारमा, हिडेको मान्छे ;
कुटिलतापुर्ण चालको'नि,खासै त्रास लाग्दैन।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
साउन २८ गते, २०७० साल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment