Pages

Saturday, August 10, 2013

गजल७७ कुरै कुरामा सानु, छिप्पीदै गएछ रात पनि ; तर कहाँ सकिए र खै ? प्रसंग बिनाका बात पनि । (१) कति छन कति मुटु भरी, सम्झनाहरु अतितका; कैयन सुन्दर क्षणहरु कति छन समयका घात पनि। (२) के नै मात्र भोगिएन, जिवनको लामो यात्रामा; चिन्दै गएँ भोगाईमा, सक्कली दुनियाको जात पनि। (३) भेट्दै भेटिएन समानता भनाई र गराईमा ; कति छन मन छुने कुरा कति वाहियात पनि । (४) उच्चादिउच्च बनी रह्यौ, यि मेरा नजरमा तिमी; भ्रमले कतै हल्लिएन आपसि मतभेदको पात पनि। (५) सधै उस्तै निष्ठा तिम्रो, पवित्रता र चाहनाको ; घट्दै घटेन स्थिर रह्यो तिम्रो प्रेमको मात पनि । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment