Pages

Thursday, August 22, 2013

गजल ८१ विडम्बना! बार्तालाप मेरो सधै मिस कल हुन्छ ; प्रमाण कसरी दिउँ, याद मन्मा पल-पल हुन्छ । (१) न सोच्नु अन्यथा, तिम्लाई बिर्सें दिए कि भनेर ; जब सम्झन्छु तिमीलाई यो मन खल्बल हुन्छ । (२) भनिन्छ सधै अग्रगमन सोच्नु पर्छ हामीले; तर मन सधै अतितमै फर्कन चंचल हुन्छ । (३) आजभोली के-के हुन्छ, बुझ्नै सकेको छैन; अतितको झोपडी नै मेरो लागी महल हुन्छ । (४) नसम्झाउ हाम्रा जिवनका ती स्वर्णिम क्षणहरु; मडारिन्छ मुटु भित्रैदेखि र आँखा सजल हुन्छ । (५) पाउदा रै’छन चीर सामिप्य भाग्यमानीहरुले ; मिलन सबैको जीवनमा, कहाँ पो सफल हुन्छ ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment