Pages

Wednesday, December 28, 2016

गजल कोही निश्कपट राम छन, यसै समाजमा ; कोही निकै बदनाम छन् , यसै समाजमा . (१) स्वार्थप्रेरितको दस्ता, भेटिन्छन सबैतिर ; हजुर ! बोकोहराम छन्, यसै समाजमा . (२) चोरी, लुट र ठगी पेशावाल , यी छद्मभेषीहरु ; छरियका हरेक ठाम छन्, यसै समाजमा . (३) पत्याउनै गाह्रो पर्ने छ, गन्हायको देखेर; कैयन ठुला नाम छन, यसै समाजमा . (४) आफैलाई बिकाशका ठेकेदार भनेता पनि; अग्रगमनका जाम छन् , यसै समाजमा . यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस १३, २०७३ साल

Thursday, December 22, 2016

गजल तिम्रो मूल्य मेरोलागि, केहो था' छैन; तर पनि तिमी मलाई, नभै भा,छैन . (१) न त तिमी , फूल, जुन न त अप्सरा नै; मनबाट झल्को तिम्रो जादै गा' छैन . (२) हासो हो की बोली या त हेराइको पारा; कुन चिजमा मोहनी छ पत्तै ला'छैन . (३ सरलताले परिपूर्ण बेग्लै रुप तिम्रो ; तिमी बाहेक अरुलाई मनले खा'छैन . (४) यता जस्तै मनको हाल उता पनि छ कि सतोसत्य धरोधर्म सोध्नै पा'छैन . यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस ८, २०७३ साल

Tuesday, December 20, 2016

गजल बहुमतमा छन, बेईमानहरु; अल्पमत छन.कुलमानहरु (१) समस्यै-समस्या छन चारैतिर; सधै गायब छन निदानहरु. (२) थपिदै छन् राष्ट्रद्रोहका दृष्टान्तहरु ; लेंडुपका मानसिक सन्तानहरु. (३) उखाने र बखाने छन नेतागण ; लज्जित भए नेपाली शानहरु. (४) भन्ने गर्छन उनीहरुनै राष्ट्रबादी; वास्तवमा यो देशका शैतानहरु. यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस ६, २०७३ साल

Monday, December 19, 2016

गजल सिक्ने कम, सिकाउने धेरै भए ; पठाउने कम, झिकाउने धैरे भए . (२) देशमा दल त कति छन कति, मिल्ने कम, बिझाउने धेरै भए . (३) कपुत र सपुत क-कसलाई भनु, कमाउने कम, उडाउने धेरै भए . (४ कस्को के नीति उनिहरुनै जानुन, देशको पहिचान मेटाउने धेरै भए . यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस ४, २०७३