Pages

Friday, August 23, 2013

गजल-२९ कही कतै बिजाईनौ, आँखाभित्र राख्दा पनि ; पराई नै बनी राख्यौ, मुटु भित्र छाप्दा पनि । (१) खडेरीमा छाँया जस्तो, लाग्छ तिम्रो सामिप्यता; प्रतिकृया देखाईनौ, हात तिम्रो माँग्दा पनि । (२) सोच्न छोड के के होला , समाजको प्रतिकृया ; किन सोध्नु अरुलाई, आफ्नो जिवन बाँच्दा पनि । (३) क-कसलाई रिजाउछ्यौ , आफैलाई मारी-मारी ; सबै खुसि हुने छैनन् मुटु काटी बाँड्दा पनि । (४) वरदानझै जिन्दगानी,आफ्नैलागी बाँच्नु पर्छ ; नबिर्सनु आफैलाई , रुँदा चाहे हाँस्दा पनि । (५) मानिसको जिन्दगी छ , उकाली र ओरालीझै; मन मिल्दो साथी छान्नु जिउँदा र मर्दा पनि । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment