Pages

Monday, July 24, 2017

गजल अवसरबादीको लर्को छ, शक्तिको वरीपरी ; यो समस्या चर्को छ , शक्तिको वरीपरी । (१) साख्कै हुन पुगेका छन , बाटो काटी हिड्नेहरु ; कहानी घर-घर्को छ , शक्तिको वरीपरी । (२) मरी-मरी खटेकाथ्ये , गाँउका सिधा-साधा ; घेराबन्दी शहर्को छ, शक्तिको वरीपरी । (३) मात अनौठो हुदो रै’छ शक्तिको‘नि हजुर; विवेक निम्न स्तर्को छ , शक्तिको वरीपरी । (४) हाउ-भाउ बिचित्र छ,हिजो सबै बिर्से जस्तो; सिमा धर्म न डर्को छ, शक्तिको वरीपरी । रचना: यज्ञ प्रसाद गिरी अनन्दबस्ती ललितपुर श्रावन १० गते, २०७४ साल

Sunday, July 23, 2017

गजल थाहा छैन, साथी को बन्छ, जिन्दगीमा; कहिले कस्ले, मन छुन्छ ,जिन्दगीमा । (१) चाहेझै सुखद कहाँ हुन्छ र ? सफर ; निमेषमै बन्छ, बिग्रन्छ , जिन्दगीमा । (२) हिसाब-किताब, मायामा'नि लागु भए; घाटै-घाटाको बज्र, बज्रन्छ जिन्दगीमा । (३) नेताको नाराको, पारामा लाग्यौ भने ; थाहा छैन के-कस्तो, हुन्छ जिन्दगीमा । (४) त्रसित हुनु किन , भविष्यको त्रासले सधै ; चाल्दै जाऊ कदम, स्वच्छन्द जिन्दगीमा । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १८ गते

Thursday, July 13, 2017

छाती तानी हिड्ने चोर, के भा’को हाम्रो समाज ; उल्टै तिनको ठुलो स्वर, के भा’को हाम्रो समाज ; (१) ब्यापारी र शिक्षक अनि बुध्दिजिवी भन्नेहरु; उस्कै अघि लम्पसार, के भा;को हाम्रो समाज । (२) सोझालाई दोषी देख्ने , न्यायका ठेकेदारहरु ; न्यायको यो कस्तो धार, के भा’को हाम्रो समाज । (३) खोला-नाला सिमाना’नि, बेची दिने हाकाहाकी ; संरक्षक बन्छ लाचार , के भा’को हाम्रो समाज। (४) खुरापाती मात्र यहाँ , मौलाएका चारैतिर । अनैतिकताकै ब्यापार, के भा’को हाम्रो समाज। रचना: यज्ञ प्रसाद गिरी आनन्दबसती , ईमाडोल -९ ललितपुर, साउन ३१ गते, २०७२ साल

Wednesday, July 5, 2017

गजल११५ कोही रुपको कोही शानको, बिज्ञापन गर्छन; शरिरको, कोही मुस्कानको, मापन गर्छन ; (१) जवानी सबैको आउछ जीवनमा, एकै पटक; मालीकै अगाडी उद्धानको ,बखान गर्छन । (२) प्राकृतिक छ फैलिन्छ, महक आकर्षणको; सल्किन्छन् भुसझै कोही र कोही, दन-दन गर्छन। (३) जे-जे माने’नी भोगिन्छ जिवन त, एकै पटक ; हाँसेर जिउने कोही र कोही, गनगन गर्छन। (४) सुवास त सुवास हो मिठो लाग्छ, सबैलाई; कोही मातले मातेर भमराझै, भनभन गर्छन । (५) भनिन्छ युद्ध र प्रेममा नाजायज, हुदैन केहि ; भन्दै कोही हतारमा जिन्दगी, अर्पन गर्छन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
<गजल छुट्टिएर तिमीसंग, बाँच्नै गाह्रो भा'छ ; सुस्त-सुस्त दुखाईको, मात प्यारो भा'छ ; (१) भनुँ भने के भनुँ खै, भन्न चाँहदैन ; आज तिम्रो उपेक्षाले, मन अध्याँरो भा'छ । (२) फूल जस्तो रुप थियो, नौनी जस्तो मन ; ढुग्ङा जस्तो किन होला, सारै साह्रो भा'छ । (३) हराएछु जिन्दगीको , सुनामीमा परी; हिजो भन्दा आज खुसी, झन उधारो भा'छ । (४) कहाँ लगी घोप्ट्याउनु, ब्यथित मन मेरो ; गजल मेरो पीर पोख्ने, ढुग्ङे धारो भा'छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल श्रावण, २७ गते