Pages

Thursday, December 3, 2020

 देखेर,नि नदेखेझै , तर्की हिडनेलाई,

चोरबाटो समाउदै, सर्की हिँड्ने लाई
गर्न पनि के गर्नु खै , गुनासो भो ब्यर्थ ,
आधा बाटो हिँडे पछी , फर्की हिँड्नेलाई ।

 बिगतलाई सम्झायो यार ! तिम्रो तस्बिरले ,

थप्थपायो सोचे अनुसार , तिम्रो तस्बीरले ;
कति जङार तरेर जीन्दगीको , यस मोड्मा छु ,
भनी रहेझै लाग्छ , बारम्बार तिम्रो तस्बिरले ।


 तिम्रो मनको कुरा, मेरो मनलाई के थाहा ? 

धरतीमा के के छ , गगनलाई के थाहा ?
(1)
एकै नजरमा मन पर्यौ , माया,नि बस्यो ;
मनभित्र पनि रहेछ , अन्तरमन के थाहा ।
(2)
कसको जीवन ,कुन - कुन मानकमा चल्दै छ ?
को कसको हो स्वजन , परिजन के थाहा ?
(3)
कुन विन्दुमा निकट, कुनमा टाढा छौ हामी ;
कसरी पर्न पुगेछ परिस्थिति तल, गर्धन के थाहा ?
(4)
अचानक बदलिएको ब्यवहार हेरेर छक्क छु ;
बुझ्न खोज्दा बुझनै गारो भो , झन के थाहा ?

यज्ञ प्रसाद गिरी
बिरेन्द्रनगर -1, सुर्खेत
मन्सीर 18 गते, 20077






Friday, November 27, 2020

 हाईकु 



तिम्रो बजेट
दुई तिहाई डल्लो
सधैं अदृश्य ।

कुरा छ खास
पस्यो नेता चोरझै
भो सत्यानाश ।

वर्षौं चिनिन
एउटै शन्कटले
चिनाई दियो ।

बन्दुक छैन
निहत्ता पनि छैन
कलम रोप्छु ।

मेरो कलमको
जानी राख्नु क्षमता
मुटुमै गढ्छ ।

के छ र दिने
लुटेराहरुसङ
बोक्रे भाषण ।

अभागी हामी
झुठो भाषण सुन्छौ
आफ्नै वैरीको ।






Tuesday, October 6, 2020

 अचुक पो रहेछ , नजरको निशाना ; 

कसरी बने म, हजुरको निशाना ?
(1)
विषालु रहेछ , असर त्यो नजरको ;
किन त्यै नजरमा, शहरको निशाना ।
(2)
जता दिल अनाडी , उतै बक्र दृश्टी ;
शिकारुहरुमा , कहरको निशाना ।
(3)
थलानै परियो , रहरको जहरले ;
छ दर्देदिलमै , जहरको निशाना ।
(4)
यहा हर प्रहर नै , गुलाबी गुलाबी ;
भुवाझै मुटुमा , प्रहरको निशाना ।














तुमने जाे कलम चलाया मै गजल बन गई
ईसी जमानेमे यह जिन्दगी कलि सि खिल गई

तुमने जो लिखा ,मै गजल सि लिख गई ;
सिर्फ इक नजर से , कली सि दिख गयी ।
अब नही शिकायत , जमाने से कोही ;
तुम बने हम सफर , मन्जिले दिख गयी ।



Wednesday, September 2, 2020

गजल

हामीले ,नि भनेकै हो , हुन्छ हजुर , हुन्छ हजुर ! 

चाकरीको चक्रभित्र , नपरेको कुन छ हजुर ?
(1)
हिजो मात्र समताको , नारा दिदै भुक्ने गर्थे ;
आज तिनकै झोलाभित्र ,तस्करीको सुन छ हजुर ।
(2)
चलन चल्यो स्वार्थ आफ्नै , हेर्ने आजभोली किन ?
बिर्सीएको कथा जस्तै, लगाएको गुन छ हजुर ।
(3)
एकै शब्द बोल्न पनि , पैसा पर्ला जस्तो गर्छन ;
सद्भाव र मानवता , डाको छोडी रुन्छ हजुर ।
(4)
शून्य शून्य बस्ती भा,छ, उजाडिए मनहरु ;
जता जाउ मौनताको ,कोलाहलले छून्छ हजुर ।

रचना: यज्ञ प्रसाद गिरि
उत्तरगङा टोल , महालक्ष्मी न.पा.-4
ललितपुर ,
मिती : 2077 साल, भाद्र 17 गते