Pages

Saturday, August 10, 2013

गजल -४४ केको भुत्रो बिकाश् गर्छौ, यस्तो निति लिएपछी ; आफ्ना भा’का खोला नाला, बिदेशीलाई दिएपछी । (१) यो पाराले पुगिन्छ र, शिखरमाथि उन्नतीको? पराईको बैसाखीमा , खोच्याई हिड्ने भएपछी । (२) तुच्छ्य बन्यो भाषा आफ्नो,बड्दो ईज्जत पराईको; ब्यापारीलाई देश भरी , शिक्षा बेच्न दिएपछी । (३) पछी परे रिति-थिति, परम्परा समाजका ; नबुझेरै युवालाई, सिको गर्न दिएपछी । (४) चलीरा’छ ऊधारोमा , घर अनि देश पनि ? बुद्धिहिन बोक्रेलाई, राष्ट्र जिम्मा दिएपछी । (५) अब धेरै झर्नु हुन्न, हामी धेरै झरी सक्यौ; अब चुप्प बस्नु हुन्न, यति सबै भएपछी । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment