Wednesday, August 21, 2013
गजल १३२
अग्रजहरु भन्ने गर्थे , पवित्रतम तिर्थ काशी ;
प्रत्यक्ष छ आज त्यही , मेरो सामु वाराणसी।
(१)
अपुर्व ज्ञानको केन्द्र, परापुर्व कालदेखि ;
धार्मिकहरुको लागी, गन्तब्य यो वाराणसी।
(२)
कयौ घाट,बिश्वनाथ, सारनाथ भनी चर्चित ;
लियी बस्ने सेरोफेरो, महानगर वाराणसी ।
(३)
ज्ञानीहरुको केन्द्र, स्थापित ईतिहासमा ;
बहुचर्चित तिर्थाटन्,मा अध्यापि छ वाराणसी ।
(४)
संसारका बौध्दमार्गी, हजारौ पर्यट्कहरु ;
लालायित् भएको देखें, आयी हेर्न वाराणसी ।
(५)
बुझ्दिन म, थाहा छैन, धर्मआर्जनका कुरा;
मन शान्त हुदो रै’छ, देखेपछी वाराणसी ।
यज्ञ प्रसाद गिरी
वाराणसी, भारत
डिसेम्बर २८, २०१२
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment