Friday, August 23, 2013
गजल ८५
तिमीलाई म के भनुँ, सोच्नै सक्या छैन;
कस्तो नाम राखी दिऊ, रोज्नै सक्या छैन।
(१)
काली तिम्लाई भनु भने मनकी तिमी गोरी ;
ट्वाक्क मिल्दो शब्द पनि खोज्नै सक्या छैन।
(२)
नक्कली नै भन्दिऊ भने तिमी कहाँ छौ र ?
सक्कलीको प्रमाणिकता जुट्नै सक्या छैन ,
(३)
बैगुनि म भनु भने तिमी गुन्कि खानी ;
तिम्रो गुनको भारा मैले, तिर्नै सक्या छैन।
(४)
रिस्को झोक्मा तिमीलाई बोक्सी भनु भने;
तिम्रो बोक्सी बिध्या पनि टिक्नै सक्या छैन।
(५)
मनमा धावा बोले पनि मनै चोरे पनि;
तिम्लाई चोर मेरो मनले, भन्नै सक्या छैन ।
(६)
हिरोईन भनु भने अरुले’नि भन्लान ;
यस्तो छुट अरुलाई दिन सक्या छैन ।
(७)
रानी तिम्लाई भनु भने कुन राजाकी रानी;
यस्तो च्वास्स बिझ्ने शब्द टिप्नै सक्या छैन।
(८)
संसारको नजरबाट , तिम्लाई जोगाउन ;
साथी बाहेक अर्को शब्द सुज्नै सक्या छैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment