Pages

Thursday, December 3, 2020

 देखेर,नि नदेखेझै , तर्की हिडनेलाई,

चोरबाटो समाउदै, सर्की हिँड्ने लाई
गर्न पनि के गर्नु खै , गुनासो भो ब्यर्थ ,
आधा बाटो हिँडे पछी , फर्की हिँड्नेलाई ।

 बिगतलाई सम्झायो यार ! तिम्रो तस्बिरले ,

थप्थपायो सोचे अनुसार , तिम्रो तस्बीरले ;
कति जङार तरेर जीन्दगीको , यस मोड्मा छु ,
भनी रहेझै लाग्छ , बारम्बार तिम्रो तस्बिरले ।


 तिम्रो मनको कुरा, मेरो मनलाई के थाहा ? 

धरतीमा के के छ , गगनलाई के थाहा ?
(1)
एकै नजरमा मन पर्यौ , माया,नि बस्यो ;
मनभित्र पनि रहेछ , अन्तरमन के थाहा ।
(2)
कसको जीवन ,कुन - कुन मानकमा चल्दै छ ?
को कसको हो स्वजन , परिजन के थाहा ?
(3)
कुन विन्दुमा निकट, कुनमा टाढा छौ हामी ;
कसरी पर्न पुगेछ परिस्थिति तल, गर्धन के थाहा ?
(4)
अचानक बदलिएको ब्यवहार हेरेर छक्क छु ;
बुझ्न खोज्दा बुझनै गारो भो , झन के थाहा ?

यज्ञ प्रसाद गिरी
बिरेन्द्रनगर -1, सुर्खेत
मन्सीर 18 गते, 20077






Friday, November 27, 2020

 हाईकु 



तिम्रो बजेट
दुई तिहाई डल्लो
सधैं अदृश्य ।

कुरा छ खास
पस्यो नेता चोरझै
भो सत्यानाश ।

वर्षौं चिनिन
एउटै शन्कटले
चिनाई दियो ।

बन्दुक छैन
निहत्ता पनि छैन
कलम रोप्छु ।

मेरो कलमको
जानी राख्नु क्षमता
मुटुमै गढ्छ ।

के छ र दिने
लुटेराहरुसङ
बोक्रे भाषण ।

अभागी हामी
झुठो भाषण सुन्छौ
आफ्नै वैरीको ।






Tuesday, October 6, 2020

 अचुक पो रहेछ , नजरको निशाना ; 

कसरी बने म, हजुरको निशाना ?
(1)
विषालु रहेछ , असर त्यो नजरको ;
किन त्यै नजरमा, शहरको निशाना ।
(2)
जता दिल अनाडी , उतै बक्र दृश्टी ;
शिकारुहरुमा , कहरको निशाना ।
(3)
थलानै परियो , रहरको जहरले ;
छ दर्देदिलमै , जहरको निशाना ।
(4)
यहा हर प्रहर नै , गुलाबी गुलाबी ;
भुवाझै मुटुमा , प्रहरको निशाना ।














तुमने जाे कलम चलाया मै गजल बन गई
ईसी जमानेमे यह जिन्दगी कलि सि खिल गई

तुमने जो लिखा ,मै गजल सि लिख गई ;
सिर्फ इक नजर से , कली सि दिख गयी ।
अब नही शिकायत , जमाने से कोही ;
तुम बने हम सफर , मन्जिले दिख गयी ।



Wednesday, September 2, 2020

गजल

हामीले ,नि भनेकै हो , हुन्छ हजुर , हुन्छ हजुर ! 

चाकरीको चक्रभित्र , नपरेको कुन छ हजुर ?
(1)
हिजो मात्र समताको , नारा दिदै भुक्ने गर्थे ;
आज तिनकै झोलाभित्र ,तस्करीको सुन छ हजुर ।
(2)
चलन चल्यो स्वार्थ आफ्नै , हेर्ने आजभोली किन ?
बिर्सीएको कथा जस्तै, लगाएको गुन छ हजुर ।
(3)
एकै शब्द बोल्न पनि , पैसा पर्ला जस्तो गर्छन ;
सद्भाव र मानवता , डाको छोडी रुन्छ हजुर ।
(4)
शून्य शून्य बस्ती भा,छ, उजाडिए मनहरु ;
जता जाउ मौनताको ,कोलाहलले छून्छ हजुर ।

रचना: यज्ञ प्रसाद गिरि
उत्तरगङा टोल , महालक्ष्मी न.पा.-4
ललितपुर ,
मिती : 2077 साल, भाद्र 17 गते





दिनैभरी कता थियौ , साझ परे,सी आयौ ; दन्ते मोहनी लगाउथे , दाँत झरे,सी आयौ । (1) फुल्दा फुल्दै सकिएछ , बसन्त मेरो दिलको ; गोधुलीको पछी पछी, बेला टरे,सी आयौ । (2) आउ बस कुरा गरौं , तिम्रो मेरो जवानीका ; खहरेझै जवानीको , रहर मरे,सी आयौ । (3) सरल अनि सहज थियो, उति बेला जिन्दगानी ; समयको कुचक्रको गाठो परे,सी आयौ । (4) कुर्दा कुर्दै , जिन्दगीले अर्कै कोल्टो फेरेपछी : सँगै जिउने सँगै मर्ने , बाचा गरे,सी आयौ । रचना: यज्ञ प्रसाद गिरी महालक्ष्मी न.पा. 4 , उत्तरगङा टोल , ललितपुर मिति : 2077 साल भाद्र 17 गते

Saturday, July 4, 2020

हाम्रै भुमी कब्जा गरी , उल्टै तिमी धम्काउने ; मौका खोज्दै लामो हात पनि तिमी लम्काउने । अति भयो सहिदैन , गर्धन जोगाउनु अब ; बेला भयो खुकुरीमा धार अब लगाउने ।
सरकार आन्दोलनकारी धपाउन तत्पर छ , सरकार भस्त्राचारी जोगाउन तत्पर छ। (1) के हुन थाल्यो भगवान हाम्रो देशमा आज ; नेता भनाउदो नै नेता देश टुक्र्याउन तत्पर छ । (2) किन बुझदैनन लेन्डुपेहरु नेपालका अझै पनि ; जनता तिमिहरुलाई धुलो चटाउन तत्पर छ ।
जानते है ईन्डीया, तेरी नियत क्या है ; सही क्या है , और कैफियत क्या है . (1) जितना भी बकवास कर ले मिडिया ; जग जानती है असलियत क्या है । (2) हद ही कर दी तुम्हारी गुलामी सोच ने ; जानोगे गोर्खा की असलियत क्या है । (3) ऐहसान फरोसी किया है नेपाल के साथ ; देखोगे अब जहन्नुम और जन्नत क्या है । .
हाम्रो माटो दाबी गर्छ, निच ईन्डिया ; कहिले अघि पछि सर्छ , निच ईन्डीया । (1) शत्रुलाई शत्रु भनौ , मोलाहिजा किन ; हाम्रो शत्रु नाता पर्छ , निच ईन्डिया । (2) रोटी बेटी जे भने ,नि कालो फिरङी यो ; घाटी रेटी अघी बढछ , निच ईन्डिया । (3) ब्वासो जस्तो घात गर्छ, मौका छोपी छोपी ; सिमा मिच्न अघी सर्छ , निच ईन्डिया । (4) हत्यारा हो वीरेन्द्रको , भन्डारीको पनि ; कुहिएर झर्छ झर्छ , निच ईन्डीया ।
झुठा, निच , लालचि है , पडोसी लुटेरा है ; झुठ के पुलिन्दे है , यिनका सच अधुरा है । (1) भौकता है , रोटी बेटी और जाने क्या क्या ; मुह मे तो मित्रता , बगल मे रखा छुरा है । (2) 60 करोड गरीब और , 5 लाख भिखमङे है ; उपर पहने टाई सुट , निचे से पुरे नङे है .
मित्रौ ! मित्रौ ! भन्दै सधैं , भुक्ने गर्छ मोदी ; छिमेकीको घाटी थिच्न , अघि सर्छ मोदी । (1) रोटी बेटी, सयौ चोटी , भुक्ने गरेँ पनि ; बुझी राखौ मौका पाए, घात गर्छ मोदी । (2) सर्प हो यो मित्र हैन , बुझौ दाजु भाई ; सिमानामा सधैं जस्तै , दागा धर्छ , मोदी । (3) अनैतिक छ , निच पनि , हिन्दु भए पनि ; आतंक र डकैतिको , काम गर्छ मोदी । (4) शत्रु जस्तो बनेको छ , ब्यबहार यसको ; अति भयो कुहिएर, अब झर्छ , मोदी ।
गर्दिन्छु यार ! म बहिस्कार , यत्रैसिति ; तिम्रो शासन र तिम्रो सरकार, यत्रैसिती । (1) मनको ऐनामा हेर्छु , सधैं त्यहा तिमी ; हेर्दै हेर्दिन ऐनामा अनुहार , यत्रैसिती । (2) जे गर्दा,नि पुर्याउन सकिन तिम्रो ईच्छा ; फुटे फुटोस यो अभागी निधार , यत्रैसिती । (3) तिमिबिना म मर्छु भन्ने ,नि , देखेँ हजुर ; उजाडिए उजाडियोस , घरबार यत्रैसिती । (4) कति जोगिनु परिस्थितीसँग, डराई डराई ; राखे राखोस गला मै तरबार , यत्रैसिती । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती , ललितपुर असार 20 , 2077 साल

Saturday, March 7, 2020

चाडै पछी सर्दा रैछन्, छिटै अघि बढनेहरु ; बिपत्तिमा अत्तालिन्छन , सस्तो माया गर्नेहरू । (1) प्रेम के हो ,त्याग के हो, चाहनाको मर्म के हो ? नबुझेरै अघि बढ्छन , छणिक रहर गर्नेहरू । (2) यौवन के हो? रूप के हो ? प्रेमको स्वरुप के हो ? नबुझेरै भ्रमित हुन्छन , आफ्नैलागी मर्नेहरु । (3) नभोगेरै बाची दिन्छन , प्रेमजन्य अनिभुति ; आत्मा भन्दा देहलाइ , धेरै माया गर्ने हरु । (4) त्यागले नै अमर हुनछ, सच्चा प्रित दुनियामा ; बि हराउछन बिपत्तिमा , अघिपछि गर्नेहरू ।

Sunday, February 16, 2020

हिजो देश बेच्नेहरु , राष्ट्रियताको कुरा गर्छौ ? आज नाता पोस्नेहरु , वरियताको कुरा गर्छौ ? (1) बिरताको भाषण पनि,न सुनेको कहाँ हो र ? हिजो पुच्छर सेप्नेहरु , बिरताको कुरा गर्छौ ? (2) मात्र नाटक गर्ने गर्छन, यहा भस्त्राचारीहरु ; तिमी फेरी शून्य सहन, शिलताको कुरा गर्छौ ? (3) मान्ने गर्छौ आफुलाई , अति कट्टर साम्यबादी ; दाशता नै अगालेर , समानताको कुरा गर्छौ ? (4) कुन श्रोतको सम्पतिले , प्राडो गाडी चडेका छौ ? समाजमा सम्पतिको , बैधताको कुरा गर्छौ ?

अब त आफ्नो जिन्दगी पनि, रंगीन अनि सेफ छ ; काठ्मण्डौमा , तालुको,नि सुन्दरी जिएफ छ । (1) बाल मतलब छैन , बूढो हात्ती भनुन की हजुरबाउ ; मुटुको हार्ड डिस्क्मा , छुच्चिको तस्बिर सेभ छ । (2) उमङको तरंगले तरङित भएको छ जिन्दगी ; छुच्चिको प्रेममा म छु , अर्थात उसको बीएफ छ । (3) रंगीन छ यात्रा , चिट्ठा परेझै सहयात्री पाउदा ; प्रकृतिको सुन्दर स्वरुप , खोच , बेसी र लेक छ । (4) दुईटा मुटु एउटै ढड्कन , समान छ जीवन दर्शन ; पवित्र सोचले बग्ने , जीवनको लक्ष्य एक छ । (5) यस्तो लाग्दैछ जीवनको ,उत्तरार्धको मिलन ; हामी दुबैको हातमा , स्वादिस्ट, तातो केक छ ।

आफ्नै बचनलाई , आफै उधारो बनायौ ; बाटो,नी खन्यौ , अनि तगारो बनायौ । (1) सुन त सुनै हौं , पित्तल म कसरी भनु ; मेरो मुल्याङ्कनलाई , अप्ठ्यारो बनायौ । (2) जिन्दगी सरल थियो , बाची रहेकै थिए ; माया दिएझै गर्यौ, झन गाह्रो बनायौ । (3) थाहै भएन कहानिर , कसरी चुक्न पुगे म ; सुस्त मुटु नजिक तान्यौ, र प्यारो बनायौ। (4) बिश्वासै लाग्दैन आजका , मिती सम्म पनि ; फुल जस्तो मुटु , यति सारो साह्रो बनायौ । (5) ठीकै थिए जबसम्म थिए, टाढा म तिमीदेखी ; पगाल्यौ मायाले , मलाई बिचारो बनायौ । रचना: यज्ञ प्रसाद गिरी माघ 18 गते, 2076 साल बिरेन्द्रनगर , सुर्खेत